कवि तथा आख्यानकार भूपिन ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’बाट सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले एक सूचना जारी गर्दै भूपिनलाई सो सम्मान दिने निर्णय गरेको हो।
प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ । यस वर्ष सो सम्मान भूपिनलाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
सो सम्मान राशि एक लाख रुपैयाँ रहेको छ ।
बागलुङ, बलेवामा जन्मिएर चितवनमा साहित्य साधना एवं प्राध्यापन गर्दै आइरहेका भूपिनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७२) कवितासंग्रह, ‘चौबिस रिल’ निबन्धसंग्रह (२०६९), उपन्यास ‘मैदारो’ (२०७५) तथा ‘भूपिनका कविता’ (२०८०) प्रकाशित छन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला