साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई युवा उपन्यासकार वासुदेव मण्डलको उपन्यास ‘ध्रुवसत्य’ प्राप्त भएकाे छ ।

झापाका मण्डलले उपन्यासमा प्रेमका साथै समाजका विविध आयमहरुको कथा कहेका छन् । उपन्यास भद्रपुर, बिर्तामोड, मेची बहुमुखी क्याम्पसलगायत झापाकै सेरोफेरोमा बुनिएको छ ।

‘म जहिल्यै बसमा सवार गर्दा सिटमा बसेको छेउको मानिससँग कुराकानी गर्ने मौका पाउँथेँ । कोही आफैँ पतरपतर बोल्न रुचाउँथे त कोही ओठमा लामो चुपी लिएर बस्थे ।’, पुस्तकको परिचयमा मण्डल लेख्छन्, ‘म पनि बोल्ने वक्ता पर्दा बोल्थेँ, नभए झ्यालबाहिर साँपको जसरी मुन्टो हल्लाउँदै बाहिरी दृश्यमा रम्ने गर्थेँ । त्यही बाटोको दृश्य, पक्की घर, होटल, दोकान, विभिन्न साइन बोर्ड, बाटोमा ओहोरदोहोर गरिरहेका मानिस, खाली खेत र ती ठिंग उभिएका रुख । जब गुड्दै गरेको बसको झ्यालबाट आएको मिठो बतासको स्पर्शले मेरो मुहारमा चुम्थ्यो तब म आफैँलाई त्यही उडिरहेको पवतसँगै भुलिदिने गर्थेँ ।’

उपन्यासलाई बुलबुल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । १ सय ७३ पृष्ठमा फैलिएको उपन्यासको मूल्य ४ सय २५ रुपियाँ रहेको छ ।