बैतडी जिल्लाको दोगडाकेदार गाउँ पालिका श्रीकोटमा दोगडाकेदार साहित्य सम्मेलन तथा नेपाल भारत काव्य गोष्ठी सम्पन्न भएको छ ।

नेकपा एमाले नेता तथा पूर्व मन्त्री कवि प्रदीप ज्ञावालीले उदघाटन गर्नुभएको कार्यक्रममा नेपाल भारतका दुई सयभन्दा बढी साहित्यकारको उपस्थित थियो । दुई दिन सम्म सञ्चालित कार्यक्रममा विभिन्न विधामा छवटा कार्यपत्र प्रस्तुत भएका थिए ।

सम्मेलनमा काव्य गोष्ठी, सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मानलगायत क्रियाकलाप आयोजना गरिएका थिए । दोगडाकेदार गाउँ पालिकाको सहयोगमा राष्ट्रियता संरक्षण अभियानको आयोजनामा सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनमा संस्कृतिविद् राजेन्द्रसिह रावल, प्राडा. चुडामणी जोशी, डा. हरिशचन्द्र भट्ट, सुप साहित्य समाज अध्यक्ष तीर्थराज पाण्डेय, संस्कृतिविद् कैलासकुमार पाण्डेय, मित्रराष्ट्र भारत पिथौरागढका समाजसेवी लेखक डा. पीताम्बर अवस्थी, ललित सौर्य, शास्त्रीय नृत्य प्रस्तोता हेमन्त गुरुलगायतका साहित्यकारको सहभागिता रहेको थियो ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीको सभापतित्वमा सञ्चालित कार्यक्रममा कविहरुबाट कविता प्रस्तुत, देउडाको प्रस्तुति तथा स्रष्टा सम्मान गरिएको थियो ।

राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमवाबु लेखकले सहजीकरण गर्नुभएको थियो ।