काठमाडौँ । सुरभि साहित्य प्रतिष्ठानको १६० औँ आख्यान वाचन कार्यक्रममा तीनओटा पुस्तक लोकार्पण भएको छ ।
प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रममा वरिष्ठ साहित्यकार कणाद महर्षि प्रमुख अतिथि हुनुहुन्थ्यो भने अन्य अतिथिमा लोकार्पित कृतिका लेखक हरिप्रसाद पाण्डेय, गायत्रीकुमार चापागाईं र अच्युतप्रसाद चालिसे हुुनुहुन्थ्यो ।
प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्य र सहसचिव मेनका पोखरेल आचार्यको सञ्चालन रहेको यस कार्यक्रममा केही कथाहरूको वाचनपछि पुस्तक लोकार्पण भएको थियो ।
प्रमुख अतिथि र अन्य अतिथिहरूको हातबाट कवि तथा आख्यानकार हरिप्रसाद पाण्डेयका दुई कृति ‘मनको वेदना’ (खण्डकाव्य) र ‘जीवनभित्रका पीडाहरू’ (सामाजिक उपन्यास) लोकार्पण भएपछि रञ्जना पराजुली लम्सालको ‘भत्किएको बार्दली’ (कथासङ्ग्रह) लोकार्पण भएको थियो ।
लोकार्पित तीनओटै पुस्तकमाथि प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले समीक्षा गर्नु भएको थियो । लोकार्पणपश्चात पुनः कथावाचन भएको थियो ।
१६० औँ शृङ्खलामा कथावाचन गर्नेहरूमा पवित्रा अधिकारी, रञ्जु खनाल, भवानी सापकोटा, प्रमोद प्याकुरेल, सुशील आचार्य, गायत्रीकुमार चापागाईं, पवित्रा पौडेल, सङ्गीता सुवेदी र अच्युत चालिसेले कथा लघुकथा वाचन गरेका थिए भने दिलिप अर्यालले निबन्ध वाचन गरेका थिए ।
लोकार्पित पुस्तकका सर्जक हरिप्रसाद पाण्डेयले लेखकीय मन्तव्य राख्नुभएको थियो । अन्त्यमा कार्यक्रमका प्रमुख अतिथिले सर्जकहरूलाई बधाई दिँदै छोटो मन्तव्य राख्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।