साहित्यपोस्ट
साहित्यपोस्टको अङ्ग्रेजी विभागको संयोजकमा राेशन कोइराला नियुक्त भएका छन् । गैरआवासीय नेपालीका सन्तान र नेपालका अंग्रेजी माध्यममा पढेका युवा विद्यार्थीको रुचिलाई ध्यानमा राखेर अङ्ग्रेजी विभागको संयोजकका रूपमा कोइरालालाई नियुक्त गरिएको हो ।
सुरुवातदेखि नै साहित्यपोस्टले अङ्ग्रेजी भाषामा आएका सामग्रीहरूलाई स्थान दिए तापनि त्यसलाई व्यवस्थित गरेको थिएन ।राेशनलाई अहिले त्यही विभागको व्यवस्थापनको जिम्मा दिइएको साहित्यपोस्टले जनाएको छ ।
“अंग्रेजी भाषामा पनि अनुमान गरेभन्दा बढी पाठकको उपस्थिति भएपछि त्यसलाई व्यवस्थापन गर्न राेशनजीलाई गरेको आग्रह उहाँले स्वीकार गर्नुभएको छ ।”, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, “खासमा अंग्रेजी साहित्यका पाठकहरूलाई साहित्यपोस्टको मूलधारमा ल्याउन सकिन्छ कि भन्ने सोचका साथ स्थापना भएको अङ्ग्रेजी संस्कण पनि लोकप्रिय भयो । राेशनको आगमनले यो संस्करणको स्तरीयता कायम हुनेछ भन्ने विश्वास छ ।”
अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर कोइरालाको रुचि ब्लगिङ्ग हुँदै साहित्यतिर ढल्केको हो । उनी अर्थ–राजनीति, दर्शन, कला र आख्यान पनि लेख्छन् । नेपाल सरकारका जागिरे कोइरालाले साहित्यपोस्टसँगको सहकार्यलाई सामाजसेवाकै एउटा अङ्ग मानेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।