२०८१ वैशाख ११ गते, तदनुसार २३ अप्रिल २०२४ का दिन भादगाउँ, काैशलटारस्थित रीडर्स् हब् काे आयाेजनमा विश्व पुस्तक दिवस हर्षाेल्लासका साथ मनाइयाे ।

प्रबुद्ध पाठक एवम् मूर्धन्य साहित्यस्रष्टाकाे उत्साहपूर्ण समुपस्थिति रहेकाे आजकाे बाैद्धिक अनुष्ठानमा पुस्तक आदान-प्रदानका साथै पुस्तककाे सङ्गतिले जीवनमा आएकाे रूपान्तरण र आनन्दानुभूतिका बारे आआफ्ना राेचक अनुभूति सुनाउँदै सहभागीहरुले आफूलाई मन परेकाे पुस्तककाे चर्चा पनि गर्नुभयाे। सहभागीहरुले आफूले पढिसकेका राम्रा पुस्तकहरु पाठकलाई समर्पित गरेर, आफूलाई मन पर्ने पुस्तक राेजेर लिनुभयाे ।

सुप्रिसद्ध स्रष्टाहरु प्रकाश सायमी, प्रकाशप्रसाद उपाध्याय, हरि अधिकारी, अश्विनी काेइराला अरुण शर्मा, सगुना शाह, ध्रुव मधिकर्मी, तुलसीहरि काेइराला, ढकाल राधेश्याम, डा. उद्धव राई, विक्रमभक्त जाेशी,शरद प्रधान, हरिबाेल काफ्ले, डा.सनतकुमार वस्ती लगायतका स्रष्टाहरुले आफ्ना अनुभूतिहरु प्रस्तुत गर्नुभयाे ।

रीडर्स हब का संस्थापक-सञ्चालकद्वय ~ वन्दना- अनूपले जलपानकाे सुव्यवस्थाका साथ वातानुकूलित सभाकक्षमा आगन्तुकहरुकाे हार्दिक स्वागत गर्नुभयाे ।

शास्त्रीय संगीतका उस्ताद श्री मनमाेहन थपलियाकाे सुमधुर सरस्वती- वन्दनाका साथ शुभारम्भ भएकाे पुस्तकाेत्सवमा दीक्षा अधिकारी, बिन्जु जाेशी, शैलेश सिँह,कमल महत, कुमार रञ्जीत, प्रतीपमान शाक्य, वसन्त नकर्मी लगायतका पुस्तकानुरागीहरुकाे रसमय समुपस्थिति थियाे ।