नेपाली उपन्यास लेखनमा चर्चा कमाएका युवा लेखक सुविन भट्टराईले शनिबार टोकियोमा पाठकहरूसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

नेपाली रिडर्स क्वल जापानको आयोजनामा लेखक भट्टराईले सोलमारी मुरा हलमा अप्रिल २० तारिक कार्यक्रम हुने छ ।

नेपाली युवा पिँढीमा सर्वाधिक किताब बिक्रीको कीर्तिमानी कमाएका लेखक भट्टराईले जापानका किताबप्रेमी पाठकहरूसँग उपन्यास लेखन अनुभव तथा पाठकहरूको जिज्ञासा र साक्षात्कार सहितको साहित्य कार्यक्रम आयोजना गरिएको छ ।

मध्यान्ह १ बजेबाट हुने कार्यक्रममा उनले समसामायिक विषयमा युवाहरूलाई उप्रेरणामूलक जानकारीसहित आफ्ना किताबहरू समेत पाठक माझ पस्कने छन्। कार्यक्रमको अनेसास जापान र एनआरएनए कान्तो कमिटीको सहकार्यमा हुँदैछ ।