

साहित्यकार विना थिङको नयाँ कथा संग्रह ‘याम्बुनेर’ बजारमा आएको छ ।
फिनिक्स बुक्सले प्रकाशन गरेको कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको हो ।
१३ वटा कथा समेटिएको संग्रहमा याम्बुको किनारमा वर्षौंदेखि राज्यसत्ताबाट जात, धर्म, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेद र त्यसबाट पहिचानविहीन बन्न पुगेका किनारीकृतहरुको संघर्षका कथालाई प्रस्तुत गरिएको छ ।
एक दशकदेखि कथा तथा कविता लेखनमा सक्रिय थिङले यसअघि २०६९ सालमा ‘छुकी’ कथा संग्रह र २०७२ सालमा ‘रातो घर’ कविता संग्रह प्रकाशित गरिसकेकी छन् ।
साहित्यकार थिङले नेपाली साहित्य प्रेमी जनसमुदायका माझमा नयाँ कथा सङ्ग्रहको बाहिरी आवरण ल्याउन पाउँदा आफू खुसी रहेको बताइन् ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू