झापामा लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहँदै आएको “UNPULGGED वाचन” ले चर्चित कवि उपेन्द्र सुब्बाको “पोएट्री कन्सर्ट” आयोजना गर्ने भएको छ ।

झापाको बिर्तामोडमा आगामी बैशाख १२ गते बुधबार “मनसरा पोएट्री कन्सर्ट” आयोजना गर्न लागिएको हो ।

जसमा कवि सुब्बासहित चाँडै नै प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “मनसरा” का कलाकारहरू मिरुना मगर, मेनुका प्रधान र प्रवीण खतिवडाको विशेष कविता वाचन रहने छ ।

चलचित्र “मनसरा” को टिम प्रचार-प्रसारका लागि झापा जाने कार्यक्रम रहेको र सोही अवसर पारेर चलचित्र टिमसँगको सहकार्यमा “कविता कन्सर्ट” आयोजना गर्न लागिएको कार्यक्रम संयोजक तथा गजलकार सुनिता तामाङले जानकारी गराउनु भयो ।

शैलेन्द्र के. को निर्माण र उपेद्र सुब्बाद्वारा निर्देशित चलचित्र ‘मनसरा’ आगामी बैशाख २१ गते शुक्रबारबाट प्रदर्शनमा आउने जनाइएको छ । कविता कन्सर्ट बिर्तामोडस्थित One Stop Mall मा रहेको OFX सिनेमा हलमा मध्याह्न १२ बजेबाट सुरु हुने जनाइएको छ ।

कार्यक्रममा साहित्यपोस्टसहित खबर खेती र नेपाली साहित्य मिडिया पार्टनरको रुपमा रहने छ्न् ।

डि जि शर्माको रिपोर्ट