नेपाल स्रष्टा समाजले वि.सं. २०८१ को दमन्ता नारी स्रष्टा सम्मान ८६ वर्षीया लता गिरीलाई प्रदान गर्ने भएको छ । ओझेल परेको सङ्घर्षशील नारीलाई दिइने यो सम्मान १५ हजार नगदसहित सम्मानपत्र रहेको छ ।
११ वर्षको उमेरमा विवाह गर्नुभएर ३५ वर्षदेखि एकल महिला बन्नुभएकी गरिीले महिला जागरणका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार र साहित्यिक क्षेत्रमा योगदान पुर्याउनुभएको छ । हालसम्म उहाँका तीन भजनसङ्ग्रह र चेतनामूलक गीतहरू रेकर्डिङ भएका छन् ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदानका अनुसार सो सम्मान आगामी वैशाख ९ गते अर्पण गरिनेछ ।
साहित्यकार पुष्पा खनालले आफ्नो आमाको नाममा स्थापना गर्नुभएको यस सम्मानबाट सृजना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली सम्मानित भइसक्नुभएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला