सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश एकले “सृष्टि स्रष्टा र सिर्जना”कार्यक्रम गर्ने भएको छ।
नयाँ वर्षको आगमन सँगै ३ वैशाख २०८१ मा सगरमाथा साहित्य प्रतिष्ठान, कोशी प्रदेशले उक्त कार्यक्रम गर्न लागेको हो।
पर्यावरणसम्बन्धी विशेष परिचर्चा तथा रचना वाचनसमेत रहेको उक्त कार्यक्रममा प्रमुख उपस्थिति प्राडा गोविन्दराज भट्टराई रहनु भएको छ। परिचर्चाकारहरूमा डा. कैलाशकुमार राई, डा.रामजी तिम्सिना, डा. अस्मिता बिष्ट, विक्रमश्री तथा मोहन तिम्सिना रहनु भएको छ।
कार्यक्रमलाई गुरुङ साहित्यिक मञ्च नेपाल, डियर कल्याण साहित्य प्रतिष्ठान, इटहरी म्याट्रिक्स,आरोग्य आयुर्वेदिक स्वास्थ्य क्लिनिक तथा फार्मेसी, दुर्गा साकोस इटहरी, सामुदायिक अस्पताल इटहरी, लायन्स क्लब अफ इटहरी ग्रिनसिटी,लायन्स क्लब अफ इटहरी इनोभेसन र लायन्स क्लब अफ इटहरी एक्टिभले सहकार्य गर्ने भएका छन्।
दिनानुदिन हुँदै गएको भूक्षय, वनजङ्गलको विना,श मानवीय विविध कारणहरूले पर्यावरण बिग्रँदै गइरहेको अवस्थामा विश्वको ध्यान केन्द्रित भइरहेको परिप्रेक्ष्यमा पर्यावरणको संरक्षण गर्न किन जरुरी छ र यसबाट के कस्ता समस्याहरू मानव जीवनमा आउने गर्दछन् ? कसरी यसको समाधान गर्न सकिएला भन्ने कार्यक्रमको मुख्य विषयवस्तु रहेको र केही हदसम्म भए पनि जनचेतना फैलाउनु कार्यक्रमको मुख्य उदेश्य रहेको सगरमाथा साहित्य प्रतिष्ठान प्रदेश एकका अध्यक्षसमेत रहनु भएकी मिश्रा गुरुङले साहित्यपोष्टलाई जानकारी गराउनु भएको छ ।
राज यात्री लम्सालको रिपोर्ट
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।