साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई नेपालका विभिन्न क्षेत्रमा पच्चीस वर्षभन्दा बढी समय सामाजिक विकास कार्यहरूमा संलग्न रहँदै आएका बौद्ध ध्यानका अभ्यासकर्ता जिग्मे लामा (नर बहादुर) कृत पुस्तक “अमरभूमि” प्राप्त भएकाे छ ।
‘अरमभूमि – दिगो सुख, अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृत्तान्त’ लाई १२ अध्यायमा विभाजन गरिएको पाइन्छ – त्यो विशाल ताला, प्वाँख जस्तै सजिलै झर या सगरमाथा जस्तै अग्लो भएर बाँच, ब्रह्माण्डको केन्द्र, सांग्रिलाको पुनः निर्माण, एक नखोजेको युद्ध, विरोधाभासहरूको तोड, एक अमेरिकी सपना, सुखको राजा, तिलष्मी चावी, आकाश र पर्वतहरूबीच, अमरभूमि र मायावी जीवन हुन् ।
“यस पुस्तकका प्रारम्भिक अध्यायहरूमा उहाँ आफ्नो जिज्ञासाले डोऱ्याइँदै हिमाली हुम्ला, कैलाश क्षेत्र, समाजका भूगोल अनि त्यहाँका सामाजिक, आर्थिक अवस्था र समस्याहरू खोतल्दै त्यसको समाधान खोज्दै हिँड्नु भएको रहेछ । पछिल्ला अध्यायहरूमा तिनको श्रोत, कारण खोतल्ने काम भएको छ । त्यसपछि गहिराइमा डुबेर सिद्धहरूको वृत्तान्त र शिक्षा अनि आफ्नो अन्तरमनमा केलाएर हेर्नुभएको छ, लेखकले । तिनै अनुभूतिहरु सँगाल्दै निखारिएर गएको उहाँको दृष्टिमा, एक सुखी समाज, व्यक्ति अनि शुद्ध भूमि पहिल्याउने साहस गर्नु भएको छ ।” भूमिकामा मिलन शाक्य लेख्छन्, “बौद्ध परम्परामा सिद्धहरूका मोक्ष वृत्तान्त (नाम्थार) र उपदेशहरू, मनका अन्तरङ्गबारे थप लेखनको सायदै कुनै आवश्यकता होला । अनि यो जो कसैका लागि सहज विषय पनि हैन । तर परिवर्तनको संघारमा रहेको, भाषा, भूगोल आदिले विभाजित, विगतबाट विमुख हुँदै गएको समाजमा विगतका उपदेशहरूबाट जति सकिन्छ सकारात्मक सिकाइ र भोगाइहरूलाई सरल, सुबोध भाषामा नयाँ पुस्तामाझ ल्याउन सक्नु एक सराहनीय कार्य हो । यस पुस्तकले दिन खोजेको सन्देश आधुनिक जीवन र समाजलाई निकै उपयोगी हुने म देख्छु ।”
पुस्तकको बाहिरी पछिल्लो पृष्ठमा उल्लेख छ–
“यदि यस समयमा सांग्रिलाको कुनै अवशेष छ भने यो यही हो जिग्मे… नेपालमा तपाईहरूसँग बिताएका ती दिनहरुलाई हामी जीवनको उत्कृष्ट अनुभवका रूपमा हेछौं । ”
।”- माइकल डेभिड वुड
“एक सुन्दर अनि प्रभावशाली किताव …” –केट सिहान रोच
“हिमाली क्षेत्रको साहित्यमा एक कोशे ढुंगा सावित हुने देख्छु…” – रिन्जिन फुन्जोक लामा,
“रमाइलो, अद्वितीय शब्द लयमा कैद सुन्दर कथा…” – मेरीरोज फेनलि
बुक्स हिमालयबाट प्रकाशित २ सय ६५ पृष्ठमा आधारित यस पुस्तकको मूल्य ७ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।