साहित्यपोस्ट डटकम र विमल फोटो डटकमको संयुक्त तत्वाधानमा हरेक साता फोटो कविता आह्वान गरिएकोमा यो साता निर्णायक मण्डलले प्राप्त कविताहरूमध्ये सर्वोत्कृष्ट तीन कविता छनोट गरेको छ ।
यस चरणमा साहित्यपाेस्टले फोटाेसँगै ‘सहयात्रा’ अथवा ‘पन्छीको मन’ विषय दिएर कविता आव्हान गरेको थियो । फाेटाेका साथमा विषय पनि दिँदा प्राप्त कवितामा विशिष्ठता आएकाे निर्णायक मण्डलले जनाएकाे छ ।
यो साता मदन घिमिरेको ‘सहयात्रा’, चूडा निर्भीकको ‘सहयात्रा’, अनिल कोइरालाको ‘सहयात्रा’ गरी तीनलाई उत्कृष्टमध्येबाट सर्वोत्कृष्ट चयन गरिएको छनोट समितिले जनाएको छ । तीन सदस्यीय छनोट समितिले तस्बिरका भावनासँग मिल्ने कविताहरू मध्येबाट सर्वोत्कृष्ट तीन कविता चयन गरेको हो ।
प्रतियोगिताको रीत पुर्याई १६ वटा कविता प्राप्त भएका थिए । त्यस्तै नियमविपरीत फेसबुक पेजमा मेसेज र मेलका माध्यमबाट ७ कविता प्राप्त भएका थिए । नियमविपरीत रहेर आएका कविताहरू प्रतियोगितामा समावेश भएनन् ।
कवितालाई प्रथम, द्वितीय र तृतीय भनेर वर्गीकरण नगरी उत्कृष्टमध्येबाट तीन सर्वोत्कृष्ट कविता छनोट गरिएको छ । उत्कृष्टबाट प्रथम, द्वितीय र तृतीय छान्न गाह्रो भएकाले सर्वोत्कृष्ट घोषणा गरिदै आएको साहित्यपोस्टका काव्य विभाग प्रमुख निरज दाहालको भनाइ छ ।
फोटो कविता प्रतियोगिताको बाह्रौँ शृंखला भोलिदेखि सुरू हुनेछ ।
यस्ता छन् पुरस्कृत कविका कविताहरूः






यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ माघ २०८२, शनिबार 




