को नवौँ वार्षिकोत्सवका अवसरमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मान तथा मञ्जुश्री साहित्यिक पुरस्कार एवम् विपि-भूपि साहित्यिक पुरस्कार समर्पण समारोह सम्पन्न भएको छ।

मञ्जुश्री साहित्यिक समाजका अध्यक्ष डा.बमबहादुर थापा ‘जिताली’को सभापतित्व तथा प्रसिध्द हास्यव्यङ्ग्यकार प्रा.राम कुमार पाँडेको प्रमुख आतिथ्यमा मञ्जुश्री साहित्यिक समाजद्वारा आज बागबजारस्थित होटल हार्दिकमा आयोजित समारोहमा मञ्जुश्री साहित्यिक स्रष्टा सम्मानबाट गीतकारद्वय आनन्द अधिकारी तथा विजयध्वज थापा र साहित्यसेवी लक्षण थापालाई सम्मानित भएका छन्।

सोही समारोहमा मञ्जुश्री साहित्यिक पुरस्कारबाट कवयित्री डा.अम्बिका अर्याल तथा विपि-भूपि साहित्यिक पुरस्कारबाट कवयित्री रञ्जु दाहाललाई पुरस्कृत भएका छन्।

दुबै पुरस्कारको रकम नगद राशि रू १५१२५/- रहेको छ।

प्रमुख अतिथि प्राध्यापक रामकुमार पाँडेले पहिलेका स्रष्टा र साहित्य र अहिलेका स्रष्टा र साहित्यबारे चर्चा गर्दै अग्रज स्रष्टाद्वय लीलाध्वज थापा,माष्टर रत्नदास प्रकाश,वानिरा गिरी तथा प्रेमा शाहलाई सम्झिएका थिए।

सभापतिको आसनबाट बोल्दै डा.बमबहादुर थापा’जिताली’ले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।

समारोहमा विपि-भूपि पुरस्कार कोषका संस्थापक श्रीरामसिंह बस्नेतले संस्थाको गतिविधिमाथि प्रकाश पारेका थिए भने कोषका अर्का संस्थापक तथा साहित्यकार गङ्गा लिगलले पनि विपि-भूपि साहित्यिक पुरस्कार तथा संस्थाका बारेमा संक्षेपमा प्रकाश पारेकी थिइन्।

समारोहमा विपि-भूपि साहित्यिक पुरस्कारबाट पुरस्कृत भइसकेका कवि प्रल्हाद पोखरेलले आफ्नो शुभकामना मन्तव्यका क्रममा विपिका कथाबारे व्याख्या गर्दै भूपिका रचनाहरू पनि वाचन गरेका थिए।

समारोहमा मञ्जुश्री साहित्यिक समाजका संस्थापक तथा संरक्षक वीरबहादुर लोहनीले स्वागत मन्तव्य राखेका थिए।

आज सम्मानित व्यक्तित्व आनन्द अधिकारीले मन्तव्यका क्रममा ‘माग्नेको हातमा सुनको कचौरा’ शीर्षकको आफ्नो कविता वाचन गरेका थिए भने अर्का सम्मानित व्यक्तित्व विजयध्वज थापाले आफ्नो मन्तव्य राख्दै स्रष्टाहरूकै जीवनकालमा सम्मान तथा पुरस्कृत गरिनु पर्छ भन्ने उद्देश्य राखेर आफूले पनि एउटा संस्था मार्फत जुन पिताजीको स्मृतिमा राखिएको छ उक्त संस्थाबाट धेरै जना स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्दै आएको बताउँदै ‘आमा’शीर्षकको एउटा कविता पनि वाचन गरेका थिए।

पुरस्कृत व्यक्तित्वहरू कवयित्रीहरू डा.अम्बिका अर्यालले पनि आफ्नो एउटा कविता वाचन गरेकी थिइन्।

त्यसैगरी अर्की स्रष्टा रञ्जु दाहालले लुकेर रहेका स्रष्टाहरू खोजी खोजीकन पुरस्कृत र सम्मानित गर्ने उक्त संस्थाप्रति आभार प्रकट गर्दै धन्यवाद दिइन् भने आफ्नो एउटा कविता पनि वाचन गरेकी थिइन्।

संस्थाका उपाध्यक्ष ध्रुवराज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन कवयित्री पम्फा भट्टराईले गरेकी थिइन्।

विजय थापाको रिपोर्ट