जीवन लामा/दोलखा

सबै धर्मकाधर्मलम्वी र भक्तजनहरुलाई विभिन्नधर्मकाग्रन्थलगायतका पुस्तकहरु अध्ययन अनुसन्धानको लागिधार्मिक पुस्तकालय स्थापनागरिने भएको छ । दोलखाको भीमेश्वर नगरपालिका ५ किराँतेछापमा आफूले खोजेको पुस्तक सहजतरिकाले उपलब्धहुने गरी धार्मिक सम्बन्धी पुस्तकहरुकालागि महायज्ञ सुरु गरिएको छ ।

किराँतहरुको भूमिको रुपमा परिचितकिराँतेछापमा आजदेखि २०८१ साल बैशाख ६ गतेसम्मश्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको सप्ताहआयोजक समितिका संयोजकइश्वर बहादुर थापाले बताउनु भयो । सदरमुकामचरिकोट नजिकै र सडकको छेवैमा पुस्तकालय स्थापनागरिने भएकाले यस सम्बन्धीचासो र खोज अनुसन्धानगर्ने व्यक्तिलाई सजिलो हुने संयोजकइश्वर बहादुर थापाले जानकारी दिनुभयो । यस स्थानमाधार्मिक पुस्तकालयस्थापनाको लागि स्थानीय पण्डित सुजन प्रसाद सुवेदीले १२ वर्ष अघिदेखिनै अभियान सुरु गर्नुभएको थियो । व्यवस्थित र वृहत रुपमै पुस्तकालय स्थापनागर्ने योजनाभएकाले महायज्ञ सुरु गरेकाहुन् ।

महायज्ञमा पण्डित लक्ष्मण प्रसाद भण्डारी (शास्त्री) र सुजन प्रसाद सुवेदीले प्रवचनदिईनेछ । सदरमुकामचरिकोटबाट कलसयात्रा सुरु गरेर किराँतेछापमापुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । किराँतेश्वर महादेव मन्दिर संंरक्षण संस्थाकाअध्यक्षइश्वर बहादुर थापाको अध्यक्षता र बागमतीप्रदेश सभाका सांसद भरत बहादुर केसीको प्रमुखआतिथ्यतामा सप्ताहउद्घाटन गरिएको थियो । सप्ताहअवधिभर सबैले स्थानीय सबैले पालैपालो गरेर प्रसाद र खानाको व्यवस्थानिशुल्कगरिने आयोजकले जानकारी दिनुभयो । करिव १ करोड रकम संकलनहुने अपेक्षाआयोजकले लिएको छ ।