नाट्यकर्मी तथा कवि राम केएसीको कवितासंग्रह “अर्धब्रह्म” विमोचन भएको छ ।
कविको मातृभाषा नेपालभाषा र नेपालीभाषा दुवै भाषामा प्रकाशित कवितासंग्रहको वरिष्ठ साहित्यकार तथा पत्रकारहरुको समूहद्वारा सोमबार दरवारमार्गमा सामूहिक विमोचन गरिएको हो ।
वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ “रोदन”, वरिष्ठ कथाकार ध्रुव मधिकर्मी, पत्रकार कुमार रञ्जित, लेखक अभय श्रेष्ठ र सद्भाव थिएटरका अध्यक्ष टीकाराम जिरेलबाट संयुक्त रुपमा विमोचन गरिएको कार्यक्रम कविका हजूरआमा ७९ वर्षीया मंगलमाया श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
सद्भाव थिएटरद्वारा प्रकाशित पुस्तकमा ३७ वटा कविताहरु दुबै भाषामा छापिएका छन् ।
झण्डै दुई सय पृष्ठको कविता सङ्ग्रहमा प्रत्येक कविताकासाथ एकै धर्काबाट बनाइएका रेखाचित्रहरु पनि प्रयोग गरिएका छन्, जुन आफैँमा आकर्षक बनेको छ । लक्ष्मी वैद्यको ले–आउट सुन्दर देखिन्छ भने छपाइ पनि राम्रै देखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।