
जीवन लामा, दोलखा । कवि सुशिला खड्का हसिनाको कवितासङ्ग्रह “पहिरोभित्रको घाम”को चर्चा गरिएको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा पुस्तकको चर्चा गरिएको हो ।
गृह जिल्ला दोलखामा कवि सुशिला खड्का हसिनाको पहिरोभित्रको घाम नामक कवितासंग्रहको चर्चाले जिरीमा निकै चर्चा लिएको थियो ।
जिरीमा अहिले दोस्रो जिरी महोत्सव चलिरहेको छ । महोत्सवले जिरीको आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्रको चर्चा परिचर्चा चलिरहँदा जिरीको साहित्य उत्थानका लागि यस खालको कार्यक्रमले टेवा पुग्ने उद्देश्यले पुस्तक चर्चा गरिएको आयोजकले जानकारी दिएका छन् ।
महोत्सवमा दैनिकजसो विभिन्न विषयमा बहस, छलफल गर्ने कार्यक्रम तालिका अनुसार साहित्यको माध्यमबाट जिरीको विकास गर्नका लागि कार्यक्रम आयोजना गरिएको जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो ।
जिरी उद्योग वाणिज्य संघको आयोजनामा पुस्तक चर्चा समाजसेवी इन्द्रबहादुर खड्काको अध्यक्षता र जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । पुस्तकमाथि साहित्यपोस्ट प्रधानसम्पादक अश्विनी कोइराला र प्रा.डा. ज्ञानु पाण्डेले चर्चा गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रम मधुपर्कका प्रधानसम्पादक त्रिभुवनचन्द्र वाग्लेले सहजीकरण र कवि गीता कार्कीले पहिरोभित्रको घामबाट कविता वाचन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार २०८०’ को छोटो सूचीमा ‘पहिरोभित्रको घाम’

‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ को अन्तिम सूचीमा ‘पहिरोभित्रको घाम’

कवितालाई चाउचाउसँग तुलना गर्ने बजारलाई उदाहरण दिन कवितासङ्ग्रह रोजेकी हुँ – हसिना
