अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले ६९ औँ नियमित साहित्यिक शृङ्खला साकुराको फेदमुनि सम्पन्न गरेको छ।
संस्थाकी सचिव संगीता कुवँरको स्वागत मन्तव्यसँगै साकुराको बोटलाई प्रमुख अतिथि बनाई सुरू गरिएको कार्यक्रममा जापानको राष्ट्रिय फूल साकुराको बोटलाई प्रमुख अतिथि सम्बोधन गरिरहँदा सहभागीहरूले ताली बजाएर स्वागत गरे।
संस्थाको अध्यक्ष अरुण पौड़ेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिहरू केन्द्रीय निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला संस्थाका पूर्व अध्यक्षहरू दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रविन शर्मा, एनआरएन एसिया प्यासिफिक डिआरसी तथा बिहूकोट समाज जापान अध्यक्ष दीपक कँडेल, बाग्लुङ समाज जापानका अध्यक्ष यमकान्त कँडेल, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष प्रकाश केसी, साहित्य चौतारी नेपाल जापान शाखा अध्यक्ष अमरदेव बास्तोला, चितवन समाज जापान पूर्व अध्यक्ष राजनकुमार श्रेष्ठ, हामीले नगरे कसले गर्ने अभियान संयोजक दीपकबाबु नेपाल, गुल्मेली कान्तो समाज जापान अध्यक्ष कृष्ण भण्डारी, गायक ख़ेमराज पौडेल, बिनेसाम जापान सचिव विजय श्याङबो, पत्रकार मोहन घले, राजन गौतम, गोकर्ण अधिकारी, अर्जुन लामिछाने, सजीना मोक्तान लगायतको आतिथ्यतासहित कार्यक्रममा साहित्यप्रेमी तथा अनुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सजिना मोक्तान, मनोज मौसम केसी, यमलाल कँडेल, संगीता कुवँर, अमर देव वास्तोला, मन्जु गिरी वन, राधिका पाण्डे, शारदा पाण्डे, दिपेश पौडेल, रविन शर्मा, दीप पाठक, गिरिजा ग़ैरे, अरुण पौड़ेल, प्रकाश पौडेल माइला, ख़ेमराज पौडेल, केशव ज्ञवाली, नोनोका क्षेत्री (जापानको छोरी नेपालको बुहारी), प्रवन पोखरेल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रमको संयोजन संस्थाका सचिव मनोज मौसम केसीले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सदस्य नारायण पोखरेलले गर्नु भएको थियो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।