भक्तपुर । सिर्जना अभियान समाजको आयोजनामा भएको लघुकथा पुस्तक मेलामा मीरा काफ्लेद्वारा लिखित लघुकथा कृति सार्वजनिक गरिएको छ ।
समारोहमा स्रष्टाहरु ध्रुव मधिकर्मी, नारायण तिवारी, विधान आचार्य, कपिल लामिछाने, धनमान श्रेष्ठ र ममता मृदुललगायतले कथाकार काफ्लेको लघुकथा कृति सामूहिक रुपमा विभोचन गरे ।
साथै, विमोचक स्रष्टाहरुका साथै कथाकार दीपक लोहनीले नवोदित लेखिकाको लेखन आगामी दिनमा अझ परिष्कृत हुँदै जान सकोस् भनेर शुभकामना पनि दिए ।
समीक्षक मनीषकुमार शर्माले नयाँ स्रष्टा काफ्लेका लघुकथाहरु पठनीय रहेको भन्दै लेखनप्रतिको यो जागरुकताले भोलिका दिनमा अझ राम्रो लेखनको आशा गर्न सकिने बताए ।
कृतिका स्रष्टा मीरा काफ्लेले लेखनप्रतिको रुचिले गर्दा साहित्यमा प्रवेश गरेको भन्दै वरिष्ठ स्रष्टाहरुको हौसलाले आफूलाई आगामी दिनमा अझ राम्रो लेख्दै जान दिशानिर्देश गरेकोमा खुशी व्यक्त गरिन् ।
लेखिका काफ्लेको लघुकथामा विभिन्न विषयमा लेखिएका बाल र लघुकथा दुई खण्ड गरी त्रिहत्तर वटा रचना छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।