अग्रज साहित्यकार दधिराज सुवेदीको निधन भएको छ । विराटनगरलाई कर्मथलो बनाएर नेपाली साहित्यको सेवा गरिरहनुभएका सुवेदीको बुधबार (आज) बिहान ३ निधन भएको हो ।
७८ वर्षीय सुवेदी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।
सुवेदीका दर्जन बढी मौलिक कृति प्रकाशित छन् । डेढ सयभन्दा बढी पुस्तकको सम्पादन गरेका सुवेदीले दुई सयभन्दा बढी लेखकका कृतिमा भूमिका लेखेका छन् । उनका समालोचना सङ्ग्रह विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश छन् ।
सुवेदीको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन् ।
सुवेदीको पार्थिव शरिरलाई बुधबार नै विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिएकाे छ ।
वि.सं. २००४, साउन ४ गते, भोजपुर, दिङलामा जन्मिनुभएका दधिराज सुवेदी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सदस्य सचिव र प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष थिए । नेपालीमा स्नातकाेत्तर सुवेदी मुलत: समालोचनामा सक्रिय हुनुहुन्थ्यो । उनका साधनाको अभिरेखाङ्कन, मातृकाका कथा र उनको कथाशिल्प, प्रतिभा र प्रस्तुति तथा नेपाली साहित्यका मुस्कानहरूलगायत समालाेचनाका कृतिहरू लोकप्रिय छन् छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।