काठमाडौँ, विनोद दाहाल । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सामाखुसी साहित्य समाजले द्वैमासिकरूपमा सञ्चालन गर्दै आएको कविता वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । कविता वाचनकाे ११८ औँ शृङ्खला सामाखुसी चोकस्थित श्वेता सदन विद्यालयमा सम्पन्न भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्दै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी भएकाे बताउनुभयो । उहाँले साहित्य वर्गीय, रैथाने चेतना, पहिचान र सौन्दर्यसँग जोडिएको हुने विचार व्यक्त गर्नुहुँदै कवितामा समाजका यस्तै कथाहरू प्रस्तुत हुनपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले ‘भ्रम’ शीर्षकको कवितासमेत वाचन गर्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि कवि विनोद दाहाल वत्स, अतिथि कविहरू निर्मलरमण पराजुली, प्रमोद नेपाल, चन्द्रा न्यौपाने, लुमडीप्रसाद खनाल, माधव बिडारी, एच.के धिताल, वीरबहादुर लोहनी, राजेशमान केसीलगायतका कविहरूले आआफ्ना कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका कवि डा. मेघराज ढकालले आफ्नो मनतव्यसहित कविता वाचन गर्नुभएको थियो भने कार्यक्रममा सामाखुसी साहित्य समाजका सचिव अरुणबहादुर खत्री नदीले स्वागत मनतव्यसहित केही टुक्का कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन कवि दिनेश थापाले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।