खेम ओझा (बतास) को नवीनतम कथासङग्रह बुढीपोल्ली बजारमा आएको छ । फरक फरक बिषयवस्तुमा रचना गरिएका बतासका कथामा मूलतः सुदूरपश्चिमको डोटेली भाषा र संस्कृतिलाई केन्द्रमा राखिएको छ ।

जातीय विभेद, लैङ्गिक असमानता र कुरीतिको विरुद्धमा खरो लेख्ने बतासले बुढीपोल्लीमा कर्नाली तर्न नसक्ने तर महाकाली तर्न सक्नेहरुको जीवन गाथालाई शब्दका माध्यमले उन्ने प्रयास गरेका छन् । डोटेली मौलिक संस्कृतिलाई विसंरचना गर्ने प्रयास गरिएको लेखक ओझाले बताए ।

कथासङ्ग्रहमा मान्छे हराएको सूचना, हाफ चश्मा, हटस्पट, नोकिया एक्स वन, रम्मी, सराबी कान्छो, आदतको दास, बदनाम गल्लीको कथा, कथालय नकटो, बुढिपोल्ली, छोइडुम र ओल्केलगायका कथाहरु रहेका छन ।

माया पब्लिकेशन प्रालिले प्रकाशन गरेको सङग्रहमा १२ वटा कथा रहेका छन् ।