साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाईकवि तथा आख्यानकार भीम दाहालको कथासंग्रह “कथा-तरङ्ग” प्राप्त भएको छ ।
पुण्यप्रसाद शर्मा तथा जनपक्षबाट प्रकाशित प्रस्तुत पुस्तकमा ‘हाम्रो उक्त मित्र’, ‘आजको कथा हठात सकिन्छ’, ‘म र मेरो छौँडा’, ‘क बाहुनको पराजय र मित्रभवानीको कल्पबाट परागमन’, ‘अगर्थभित्र क बाहुन र ख बाहुनको सुुगारट मिटिङ’, ‘लप्टन थामी’, ‘प्रोफेसर आले’, ‘व्यवस्था’देखि लिएर ‘छुकीको मस्तीमा शरदको गौँथली उड्छ’ लगायत ३५ वटा कथा संग्रहित छन् ।
“यी सबै ३५ वटा कथाहरूले पृथक्-पृथक ढङ्गबाट सामाजिक जीवनको चरित्र र परिवेशको अप्रेसन अक्षरक्रान्ति मार्फत गरेको पाइन्छ । विभिन्न कालखण्डमा लेखिएका कथाहरू भएकोले रूप र सार पनि फरक शैलीको छ । …दाहालले अक्षरक्रान्ति मार्फत सत्य ओकल्नु भएको छ । समग्रमा ‘कथा-तरङ्ग’ भावनामा बहकिएर लेखिएको सत्य र यथार्थको वकालत हो ।” ‘जिराफजस्तो अभिव्यक्ति र लेखन’मा डम्बरकुमार गिरी लेख्छन्, “भीम दाहालको यो दोस्रो कथा सङ्ग्रह हो । उहाँका कथामा शिल्प र शक्ति बेजोड छ । दाहालका कथा पढ्दा यो कुन प्रवृत्तिको हो भनी सोच्ने आवश्यकता नै पर्दैन र सोच्ने समय हुँदैन । प्रत्येक कथाको सहजताले र स्वभाविकताले गर्दा त्यो जीवन लाग्छ । यी कथामा के छ छैन भन्दा पनि एउटा आकर्षण छ पढ्न थालेपछि छोड्नै मन नलाग्ने । त्यसको एक मात्र कारण उपयुक्त शिल्प, कला र शैलीले उपयुक्त । अब फेरि दाहालको कलमबाट यस्तै कहिल्यै तृप्ति नहुने, पढिरहौं लाग्ने अरू कथाको प्रतीक्षा सहित ।”
प्रस्तुतीकरणका यस संग्रहबारे भीम दाहाल उल्लेख गर्छन्, “यस कथा-तरङ्गमा प्रकाशित कथाहरू विभिन्न कालखण्डमा लेखिएकाले तिनीहरूमा विभिन्नखाले धार भएको पाइनेछ । जस्तो कि ग्रामीण परिवेशमा आएको जीवनशैलीको परिवर्तनमा ‘सभापति बाजे’ को अवसाद हुनसक्छ तर उक्तखाले अवसादबाट मुक्त भएर पूरै खहरे बग्दछ ‘जेनीको जीवनमा आश्रयकथा’, ‘मृत्युको चल्लाकढ़ाई’-मा भएको ख बाहुन समयान्तरसँग निरपेक्ष पात्र हो। त्यसरी नै ’आफू मात्र रहँदाको मोहनको रचना-कथा’-मा समयको बरबरेक निसानी लाग्नुको व्यथा छ । मोहनको निम्ति, पारिजातले भने झैं – ‘समय त्यो रहेन ।’ – उनले बोनीमा भनेकी छन् – बोनी तिमी त्यही बोनी हौ, तर समय त्यो रहेन । यस्तो कालजयी कुराले पारिजातको आग्रह चिरञ्जीवी लाग्दछ ।”
१ सय ७१ पृष्ठमा आधारित यस पुस्तकको मूल्य ६ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।