भक्तपुर । नेपाली इतिहास, संस्कृति, पुरातत्वका विषयमा तयार पारिएको अनुसन्धानमूलक पुस्तक अन्तरङ्गका तरङ्गहरू लोकापर्ण भएको छ । प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठद्वारा रचित सो पुस्तकको लोकार्पण एक समारोहबिच वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ नारायणमान बिजुक्छेले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि नारायणमान विजुक्छेले पुस्तक सबैको लागि उपयोगी रहेको बताए । पुस्तकका लेखक प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले सो पुस्तक आफ्नो चालिस पर्षको कमाइ भएको विचार पोखे ।
पुस्तकमाथि आफ्नो समिक्षात्मक टिप्पणी राख्दै साहित्यकार तथा संस्कृति कर्मी सूर्यप्रसाद लाकोजूले पुस्तकलाई विविध दृष्टिकोणले विश्लेषण गर्दै पुस्तक नेपाली इतिहास, संस्कृति र पुरातत्वको क्षेत्रका लागि उल्लेखनीय उपलब्धी भएको बताए । त्यस्तै अर्का समिक्षक राजन लाल जोशीले पुस्तक हरेक दष्टिले उपयोगी रहेको विचार पोखे ।
कार्यक्रममा भक्तपुर नगारपालिकाका नगर प्रमुख सुनिल प्रजापति, संस्कृति शिरोमणी हरिराम जोशी, इतिहासरकार त्रिरत्न मानन्धर, साहित्यकार भरचमणि जङ्गम, प्राध्यापक हेमन्तशम्सेर राणा, अर्थविद निरञ्जनकुमार टिवडेबाला लगायतले आफ्ना विचार पोखेका थिए ।
अन्तरङ्गका तरङ्गहरूभित्र एक सय एक ओटा इतिहास, संस्कृति र पुरातत्वसम्बन्धी लेखहरू सङ्हित छन् । पुस्तक एघार सय छत्तिस पृष्ठको रहेको छ भने यस पुस्तकको मूल्य रु. पाँच हजार राखिएको छ । पुस्तक संचित बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।