कवि सन्तोषकुमार पोखरेललाई ‘मोटिभेसनल स्ट्रिप्स’ तथा भारत सरकारको प्रमुख साहित्यिक संस्था गुजरात साहित्य अकादमीले अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएकाे छ।
सन्तोषकुमार पोखरेल नेपालका बहुभाषिक कवि हुन् जसले युवाकालदेखि नै कविता लेख्न सुरू गरेका थिए ।
मोटिभेसनल स्ट्रिप्स विश्वको सबैभन्दा सक्रिय साहित्यिक फोरम हो । यस फोरममा १६३ देशका लेखकहरू आबद्ध छन् । यसको पृष्ठमा मासिक ७३ लाख पाठकले हेर्ने गरेकाे फाेरमकाे दावी छ ।
भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा विश्वका उम्दा कवि र लेखकहरूलाई सम्मान गर्न मोटिभेसनल स्ट्रिप्स र भारत सरकारको गुजरात साहित्य अकादमी मिलेर यो अन्तर्राष्ट्रिय पुरस्कारको व्यवस्था गरेका हुन् ।
सन्तोष कुमार पोखरेल वरिष्ठ सिभिल इन्जिनियर हुन् । पोखरेलका चार पुस्तकहरू प्रकाशित छन् । उनी नेपाली अंग्रेजी, हिन्दी, रूसी र हंगेरी भाषामा लेख्छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।