नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको एकल कविता वाचन कार्यक्रम लुम्बिनी प्रदेशको कोहलपुरमा सम्पन्न भएकाे छ । साँस्कृतिक सत्ता र समताका लागि उक्त एक कविता वाचनको आयोजना गरिएकाे हाे ।
उक्त अवसरमा कुलपति राईले लगभग एक दर्जन कविता वाचन गर्नुभएको थियो । वाचित कविताहरूमा सौन्दर्ययुक्त चेतना, पहिचान, मुक्ति र अग्रगमनका स्वरहरू गुन्जिएका थियो ।
उक्त कार्यक्रमको आयोजना ज्ञानोदय सामुदायिक पुस्तकालयले गरेको थियो । कार्यक्रममा कोहलपुरका साहित्यकार, बुद्विजीवि तथा विद्यार्थीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कुलपति राईद्वारा सांस्कृतिक सत्ता र समताको लागि भन्ने अभियानअन्तर्गतको एकल कविता वाचनको यो चौथो शृङ्खला हो । चितवनबाट सुरु भएको यो अभियान युएसएको बोस्टन र नर्थ क्यारोलिनामा दोस्रो र तेस्रो शृङ्खला सम्पन्न भएको थियो ।
योभन्दा अगाडि प्रज्ञा-प्रतिष्ठानको साहित्य गद्य विभागद्वारा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय आख्यान महोत्सव कोहलपुरमा र सुदुर पश्चिम प्रदेशस्तरीय आख्यान महोत्सव धनगढीमा सम्पन्न गरी कुलपति राई एकल कविता वाचनमा सरिक हुनुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।