नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को छैटौँ अभ्यास सम्पन्न भएको छ ।
‘विलोम’को उद्देश्य अनुरूप छैटौँ भेटघाट सुप्रशिद्ध लघुकथाकार एवं कवि विधान आचार्यसँग भएको हो ।
लघुकथा केन्द्रित कुराकानी गर्ने क्रममा यस अभ्यास अन्तर्गत स्रष्टा विधान आचार्यसँग झण्डै तीन घण्टा नेपाली लघुकथाको इतिहास देखि लघुकथा के हो र कस्तो हुनुपर्छ , लघुकथा लेखनमा देखा परेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्यसमेत लघुकथाका विविध विषय र उहाँको लघुकथा लेखनका बारेमा समेत विस्तृत कुराकानी भएको थियो ।
लघुकथाकारत्रय विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलद्वारा प्रारम्भ गरिएको ‘विलोम’ नामक यस अभ्यास अन्तर्गत छैटौँ अभ्यास श्री आचार्यको निवास, खुमलटार, ललितपुरमा भएको हो ।
पहिलो विलोम अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो, यस हिसावले विलोम अभ्यासले एक वर्ष पूरा गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।