किराँत मुन्धुम प्रतिष्ठानको आयोजनामा विश्व कुइकेलको ऐतिहासिक उपन्यास “गोपीचा”माथि झापाको दमकमा एक विमर्श कार्यक्रमको आयोजना गरिएको छ ।
विमर्श कार्यक्रम प्रतिष्ठानका अध्यक्ष, कवि एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माको अध्यक्षतामा भएको थियो भने समीक्षकको रूपमा कवि साङ्सेन पन्धाक रहनुभएको थियो । लीला अनमोलले सहजीकरण गर्नुभएको कार्यक्रममा कृतिमाथि उठेका विषयहरूमा लेखक कुइकेलले जवाफ दिनुभएकाे थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् प्राज्ञ सुमित्रा वाङ्गदेल चेली लगायत वक्ताहरूले इतिहासको गर्तमा हराएको एक गुमनाम पात्रको खोजी मात्र नभई तत्कालीन आर्थिक सामाजिक अवस्थाको मिहिन विश्लेषणसहित प्रेमको गहिरो व्याख्या प्रस्तुतिमा पहिचानवादी धारमा उभिएको पुस्तकका रूपमा उपन्यासको चर्चा गर्नुभएकाे थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला