जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू वर्ष २०७९ का लागि विभिन्न साहित्यकारहरू तथा कलाकारहरूलाई प्रदान गरिने भएको छ ।

०७९ सालको दीपा–जनमत सम्मान प्रा. डा. लक्ष्मणप्रसाद गौतमलाई, गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान प्रमोद प्रधानलाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान डा. अभि सुवेदीलाई र जनमत–जनक प्रधान सेवा सम्मान राजेश खनाललाई प्रदान गरिने भएकाे छ ।

त्यसैगरी, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान साहित्यपोस्ट अङ्ग्रेजीका सम्पादक महेश पौड्याललाई, केवलपुरे–जनमत सम्मान नर्मदेश्वरी सत्याललाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान रवीन्द्र श्रेष्ठलाई, कमला सैंजू–जनमत सम्मान लक्ष्मी मालीलाई, जनमत–राजभाई सहयात्री सम्मान बाबुराम श्रेष्ठ ‘वर्षा’लाई र भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान मेरिना स्मृतिलाई प्रदान गरिने भएकाे छ ।

त्यस्तै, जनमत–केदार/सुदर्शना बाल साहित्य सम्मान गङ्गादेवी कसजूलाई, जनमत–सिचि धर्म/संस्कृति सम्मान रामकृष्ण कर्माचार्यलाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. सिर्जना श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

यसैगरी, जनमत–ज्ञान रत्न/मंगलतारा राष्ट्रिय सम्मान दिनेश गुप्ता (भोजपुरी भाषा) र जनमत–पूर्णमान/लुचि समाजसेवा सम्मान रामराजा धौभडेललाई प्रदान गरिने भएकाे छ ।

जनमत वाङ्मय प्रतिष्ठान नेपालको ४० औँ वार्षिकोत्सवका अवसरमा आगामी २०८० चैत्र १७ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् ।

उक्त सम्मानमा प्रत्येक सम्मानित प्रतिभाहरूलाई रु.१०,०००।– नगद पनि प्रदान गरिने छ ।