
थापागाउँस्थित मण्डला नाटकघरमा नाटककार बालकृष्ण समकाे नाटक ‘अन्धवेग’को मञ्चन सुरु भएकाे छ।
सन १९९६ मा प्रकाशित दुखान्त नाटक यौनमनोविज्ञानमा आधारित छ । सामाजिक कथावस्तु समेटिएको नाटकका मुख्य पात्र पम्फा, गरुणध्वज र जयवीर हुन् । पम्फा र गरुणध्वज पतिपत्नी हुन् । उनीहरूको जीवनमा तेस्रो पात्र जयवीरको प्रवेशपछि पारिवारिक सम्बन्धमा आइपर्ने उतारचढाव नाटकको मुख्य विषयवस्तु हो ।
फागुन १८ गतेदेखि सुरू भएको प्रवीण खतिवडाले आफ्नो निर्देशनमा तयार गरेकाे नाटक आगामी चैत १८ सम्म मञ्चन हुनेछ ।
यस नाटकमा अनुप न्यौपाने, प्रमिला खनाल, सुवास तिम्सिना, सङ्गीता थापा, बारात लिम्बू, शारदा अधिकारी, सुन्दर धिताल, केशवजङ्ग शाही, सन्देश कार्की, सन्तोष गिरीलगायतले अभिनय गरेका छन्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
