काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा गजल महोत्सव – २०८०’ सम्पन्न भएकाे छ ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपश्चात् उहाँले कवि र गजलकारले आफ्नै विरुद्ध उभिएर पनि सिर्जना गर्ने बताउनु भयो । उहाँले कवि र गजलकार प्रायः भ्रष्ट हुँदैन भन्ने धारणा राख्दै महोत्सवमा सहभागी गजलकारलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी, प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गजल महोत्सवलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउने उल्लेख गर्नुभएको थियो ।
प्रज्ञा-प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले गजलले साहित्यिक विधामा बृहत् रूप धारण गरिसकेको बताउँदै यस विधाको खोजअनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।
महोत्सवमा समालोचक प्रभाती किरणले ‘वर्तमान नेपाली गजल’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने टिप्पणी गजलकार करुण थापाले गर्नुभएको थियो ।
प्रज्ञा गजल महोत्सवमा नेपाली भाषामा शान्ति शर्मा, रूपक वनवासी, गणेशबाबु अधिकारी, दिलकुमारी मगर, विद्यानिर्दोष पहाडी, सागर रिमाल, ललिजन रावल, रवि प्राञ्जल
, प्राडा. सनतकुमार वस्ती, डा. देवी पन्थी, रामबहादुर पहाडी, माधव खतिवडा, ज्ञानु विद्रोही, राधा कँडेल, विपिन मर्म, अर्पणा आपागाईँ, सुशीला श्रेष्ठ, सिद्धनारायण आचार्य,
मुक्त उदास, अन्जान यात्री, आँचलकुमार शर्मा र सुशीला शर्माले गजल वाचन गर्नुभएको थियो ।
यसैगरी, लिम्बू भाषामा स्वप्निल स्मृति, मैथिलीमा धीरेन्द्र प्रेमर्षि, तामाङमा ईश्वर थोकर, नेपालभाषामा रामगोपाल आशुतोष, अछामीमा सागर रिमाल, उर्दुमा इम्तियाज बफालगायतले गजल वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण गजलकार बाबु त्रिपाठीले गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।