गुप्ततारा स्मृति प्रतिष्ठान वालिङकाे आयोजनामा कथाकार अनन्त अर्यालको ”अलिखित पाना”  शीर्षकको कथासङ्ग्रहकाे लाेकार्पण कार्यक्रम स्याङ्जाको वालिङस्थित नेचुरल भ्यु पाेइन्ट हाेटलमा सम्पन्न भयो । साथमा सिर्जनावाचन कार्यक्रम पनि सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्यकार डा. शंकरप्रसाद गैरेलाई आमन्त्रण गरिएको थियोे । विशिष्ट अतिथिका रूपमा डा. टंकप्रसाद पन्थलाई आमन्त्रण गरिएको थियोे ।

कार्यक्रममा स्याङ्जाका साहित्यिक संस्थासम्बद्ध व्यक्तित्व तथा स्रष्टाहरूकाे बाक्लो उपस्थिति थियोे ।

कार्यक्रमका प्रमुख अतिथि डा. शंकरप्रसाद गैरेले आयाेजक संस्थालाई धन्यवादका साथै कथाकार अनन्त अर्याललाई बधाई ज्ञापन गर्नुभयो । स्याङ्जा मैले बुझेको भन्दा धेरै अगाडि रहेको कुरा आज अनुभूति कुरा उल्लेख गर्नुभयो । स्याङ्जाका क्रियाशील स्रष्टाहरूकाे  सन्दर्भकाे सन्दर्भ उठान गरी अनन्त अर्यालसँगकाे सम्बन्धलाई प्रकाश पार्नुभयाे ।

अलिखित पाना कथासङ्ग्रहकाे प्रकाशनकाे सन्दर्भका साथमा साहित्य कर्म  अनुत्पादक मान्ने गरिएको यथार्थलाई पनि व्यक्त गर्नुभयो । साहित्यमा लाग्नेहरूलाई समाजले धन्यवादसम्म नदिनु विडम्बनापूर्ण रहेको मर्म उल्लेख गरी अनन्त अर्यालजस्ता स्रष्टाको मूल्याङ्कन समाजले पक्कै गर्नेछ भन्ने  विश्वास उहाँले व्यक्त गर्नुभयो ।

अलिखित पाना कथासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी डा. टंकप्रसाद पन्थबाट भएको हाे । कुल १२२ पृष्ठमा निर्मित उक्त कृतिमा ११ वटा कथाहरू समेटिएका छन् । सामाजिक यथार्थका साथै मनाेवैज्ञानिक यथार्थलाई कथामा प्रस्तुत गरिएको छ । समसामयिक नेपाली समाजको प्रवृत्ति, विद्यमान सङ्क्रमण तथा शैक्षिक क्षेत्रका विसङ्गतिलाई कथामा व्यक्त गरिएको छ । पात्रका ढाेंग, आडम्बर तथा दम्भलाई स्वाभाविक रूपमा चित्रण गरिएको कुरा उल्लेख गरिएको थियोे । साे अवसरमा केही मुक्तक तथा ‘सरस कविता लेख्न सकिन’ शीर्षकको कविता प्रस्तुत गरिएको थियोे ।

शम्भु अर्यालले ‘आऊ’ शीर्षकको गद्यकविता प्रस्तुत गर्नुभयो । सन्त्रासमय वर्तमानमा आशाको किरण खाेज्ने सन्देश उहाँको कवितामा थियोे । सिजन अर्यालले ‘छाेरीकाे बिदाइ’ शीर्षकको कविता वाचन गर्नुभयो । बिदाको क्षण अनि मातापिताको पीडालाई प्रस्तुत गरिएको थियोे ।

स्मारिका अर्यालले ‘मेराे सपनाको नेपाल’ शीर्षकको कविता पाठ गर्नुभयो । राष्ट्रकाे विकासकाे गति साेचेअनुसार नभएको विचार उहाँको कवितामा व्यक्त भएको थियोे । भ्रष्टाचार बढेकोमा चिन्ता पाइयो उक्त कवितामा । पारिश्वर न्याैपानेले मुक्तक वाचन गर्नुभयो । ‘थला पर्दा बिस्तारामा भेट्ने कमै हुन्छन् ।’ सम्पत्तिको स्राेत खाेज्नुपर्ने विचार व्यक्त थियो उहाँका मुक्तकमा ।

घनश्याम अधिकारी ‘नाेकरी छाेडेकाे म’ शीर्षकको कविता पाठ गर्नुभयो । जागिरबाट अवकाश लिएपछिकाे मानसिकतालाई चिरफार गरिएको थियोे । डिल्लीराम भण्डारीले गजल प्रस्तुत गर्नुभयो । खगेन्द्र अर्यालले  ‘मैले आमा जन्माएँ’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो । म नजन्मेकाे भए कसरी आमा हुन्थ्याै र ?  सामाजिक समस्यालाई प्रकाश पारिएको थियोे । नारायणप्रसाद रेग्मीले ‘गरिब’ शीर्षकको छन्द  कविता प्रस्तुत गर्नुभयो ।

कमलप्रसाद बगालेले प्रेमिल भावकाे कविता वाचन गर्नुभयो । चण्डिकाप्रसाद भट्टराईले ‘नियति’ शीर्षकको कविता पाठ गर्नुभयो । समसामयिक राजनीतिक अवस्थाप्रतिकाे कठाक्ष व्यक्त भएको पाइयो उहाँको कवितामा । देवराज गैरेले साङ्गीतिक माहोलमा बसे रामरी बोलको गीत प्रस्तुत गर्नुभयो ।

साहित्यकार लेखनाथ काफ्लेले ‘एक दिनकाे मेरो यात्रामा’ शीर्षकको लघुकथा पाठ गर्नुभयो । यात्राको अनुभूति अनि यथार्थ प्रवृत्तिप्रतिकाे  व्यङ्ग्य उक्त कथामा व्यक्त भएको थियो । ध्रुवप्रसाद शर्मा पंगेनीले अनन्त अर्याललाई बधाई ज्ञापन गरी वियाेगिनी छन्दकाे कविता वाचन गर्नुभयो । सामाजिक विभेद र राजनीतिक बेथितिलाई उजागर गरिएको थियोे उहाँको कवितामा । गाेपालप्रसाद गैरेले कृति प्रकाशनका लागि अनन्त अर्याललाई  बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा साहित्यकार अनन्त अर्यालको लेखन धर्म तथा भविष्यकाे सम्भावनालाई प्रकाश पार्ने काम भयाे । विविध छन्द र स्वादका रचनाहरू प्रस्तुत भए कार्यक्रममा । देशको वर्तमानको स्थितिप्रति  चिन्ता र चासो व्यक्त भएको पाइयो । स्याङ्जाकाे साहित्यिक उर्वरताकाे झलक प्रस्तुत भयो । गीत, गजल, मुक्तक, लघुकथा, गद्य तथा पद्यकविता वाचन गरियो । थाेरै तर गुरुत्तर उपस्थिति अनि सन्ध्याकालीन समयमा कार्यक्रम चलेको हाे ।

कार्यक्रम कृतिकार तथा गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्त अर्यालको अध्यक्षतामा भएको हाे । उहाँले कृति लेखन र प्रकाशनका समयमा भाेगेकाे यथार्थलाई व्यक्त गर्नुभयो । साहित्यकार  वसन्त खनालले उपस्थित अतिथिहरूलाई स्वागत गरी तीनवटा छाेटा कविता सुनाउनुभयो । कार्यक्रमकाे सञ्चालन युवा साहित्यकार मिलन समीरले गर्नुभयो । उहाँले बिचबिचमा गजलका सेरहरूसहित कार्यक्रम चलाउनु

कृतिकार अनन्त अर्याललाई हार्दिक बधाई तथा निरन्तर साधनाकाे शुभकामना ।