सिर्जना अर्याल अधिकारी ‘बोध अन्तर्बोध’ कवितासङ्ग्रह सार्वजनिक गरिएको छ ।
शास्त्रीय छन्दमा कविता लेख्नेहरूका निम्ति सुन्दर उदाहरण यो पुस्तकको धादिङको सुन्दर र ऐतिहासिक स्थल सिद्धलेक गाउँपालिका बुङ्चुङमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको थियो । प्राज्ञ तथा व्यंगकार नरनाथ लुइँटेल र कविकी आमा लक्ष्मी अर्यालद्वारा पुस्तकको विमोचन गरिएको थियो ।
कार्यक्रममा डा. नवराज लम्साललगायतका कविहरूले कविता वाचन गर्नु भएको थियो भने समालोचक रामहरी लम्सालले कृतिको समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा धादिङका स्रष्टा र सञ्चारकर्मीहरू तथा काठमाडौँबाट पनि सष्टाहरूको उपस्थिति रहेको थियो ।
१३४ पेजको यो कृतिमा १८ छन्दका ६० वटा कविताहरू छन् । यो कवि सृजना अर्यालको दोस्रो कवितासङ्ग्रह हो।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला