कथाकार अनन्त अर्यालको कथासङ्ग्रह ‘अलिखित पाना’  प्रकाशनमा आएको छ।

कथा, लघुकथा, कविता, आलेखलगायत साहित्यका विधामा कलम चलाउने अर्यालको ‘अलिखित पाना’मा ११ कथा सङ्गृहित छन् । पच्चीस वर्षअघि लेखिएका उनका कथाहरूले त्यतिबेलाको समयलाई चित्रण गरेका छ ।

उनले कथामा समाजको यथार्थ पक्षको सुन्दर ढङ्गले चित्रण गरेका छन् । विषयवस्तु, पात्रविधान, तात्त्विक संरचना र प्रस्तुति सबै दृष्टिले कथा बेजोड बनेका छन् । सरल र स्वाभाविक भाषाशैलीमा लेखिएका उनका मर्मस्पर्शी कथाहरूले पाठकलाई सँगसँगै हिंडाउन सक्षम छन् ।

कथाका वालिङ, स्याङ्जामा जन्मिएका उनले नेपाली विषयमा एमए,एमएड गरेका छन् । शिक्षण पेशामा आबद्घ उनका ‘म आलोच्य छु’ (२०६०) र ‘अनन्त यात्रा’(२०७७) गरी दुई कवितासङ्ग्रह प्रकाशित छन् ।

आँधीखोला साहित्य सदन, वालिङ, स्याङ्जा अध्यक्ष, गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जा अध्यक्ष, स्याङ्जा साहित्य प्रतिष्ठान आजीवन सदस्य र वालिङ प्रज्ञाप्रतिष्ठानका  सदस्य रहेका उनले ‘सगुन’ साहित्यिक पत्रिका सम्पादन गरेका छन् ।