पोखरा । हिमाली क्षेत्रमा भइरहेको प्रदुषणलाई मध्यनजर गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधि २०८० ल्याएको छ । यो व्यवस्था बमोजिम सगरमाथा आरोहण गर्ने आरोहीले आफनो दिसा–पिसाब फिर्ता ल्याउनुपर्ने छ ।
मानवीय गतिविधीका कारण हिमाल क्षेत्रमा पारिरहेको असरको विषयमा सगरमाथाप्रति ध्यान सबैको जान्छ । सबैभन्दा पहिला चढिएको हिमाल हो अन्नपूर्ण । अन्नपूर्ण सरसफाईको विषय भने कमै ध्यान गएको छ सरोकारवालाको ।
गत चैतमा ७२ वर्षपछि अन्नपूर्णको सरसफाइ भएको थियो पहिलोपटक । नेपाली सेनाको सरसफाइ कार्यक्रम अन्तर्गत अन्नपूर्ण क्षेत्र पर्यो । जसमा साथ दिएको थियो पोखरा महानगरपालिकाले । १५ लाख आर्थिक सहयोग समेत प्रदान गरेको थियो महानगरले । पोखरा ट्राजिन्ट पोइन्ट हो पर्यटकीय गन्तव्य अन्नपूर्ण क्षेत्र प्रवेशको लागि । हिमालकै कारण पहिचान बनाएको छ पोखराले ।
‘हामी पोखराका त्यही हिमाल हेरेर यहाँ बाँचेका छौ । अथवा यसले हामीलाई बचाइरहेको छ । विभिन्न सेक्टरमा खास गरि आज हामी पर्यटनको कुरा गर्दै छौ भने पर्यटनको लागि हिमाल र ताल नै महत्वपूर्ण हो,’प्रमुख धनराजले भने ।
यसको संरक्षणको जिम्मेवारी पोखरा महानगरको पनि रहेको बताउँछन् महानगर प्रमुख धनराज आचार्य । सगरमाथा सरसफाइ अभियान नेपाल सरकारले सुरु गरेपछि साथ नेपाल आर्मीले दिएको थियो । अन्य हिमालहरुको सरसफाइ अभियान चल्दा अन्नपूर्ण क्षत्रेमा कति फोहोर होला ध्यान कसैको गएको थिएनन् ।
‘पहिलाचोटी हामीले गएको वर्ष अन्नपूर्ण हिमाल सरसफाइ गरेर ३१ टन फोहोर हामीले अन्नपूर्णबाट लिएर आएका छौँ त्यसमा महानगरको साझेदारी हो । त्यो हिमाललाई हेरेर बाँचेका छौँ त्यसको सरसफाइको जिम्मा हाम्रो हो,’ उनले भने ।
सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको ‘संस्कृति, भूगोल, भूगर्भः पोखराका पर्यटकीय गन्तव्य’ विषयमा छलफलमा प्रमुखले सो भनेका हुन् । जसमा सहजकर्ता कनकमणि दिक्षित थिए । सत्रमा पोखराको भू बनावटको विषयमा चर्चा भएको थियो । यसको महत्व बताउँदै कनकमणिको प्रश्न थियो – पोखराको मैदान कसरी बन्यो पर्यटकलाई त्यो पनि चाहिन्छ । सेतीको खोँचको बारेमा पोखरावासीलाई चासो नै छैन । चासो छ मेयर साब भन्दिनुस् ।
प्रश्नको जवाफ दिँदै प्रमुखले यसबारे पोखरा महानगरले कार्यविधि तयार पारिरहेको बताए । उनले छलफलमा पोखरामा मापदण्ड बिना बनेका संरचनाको जिकिर समेत गरे ।
‘चासो छ । भर्खरै चार दिन भयो मैले साइन गरेको । पोखराको ताल तलैया डिल भिर नदी सम्पूर्ण ठाउँको मापदण्ड हामीले क्लियर गरेका छौँ । कहाँ के बनाउन मिल्ने का के बनाउन नमिल्ने कुन ठाउँको जोइनिङ गरेर कुन ठाउँमा अग्ला घर बनाउन मिल्ने का नमिल्ने । त्यो सबै कुराहरुलाई हामीले फेस गरेका छौँ । त्यो चासो भएकै कुराले यो गरेको हो ,’धनराजले भने ।
भूबनावटको विषयमा कुराकानीको गर्दै गर्दा बेलाबेला परिरहने पोखराको भ्वाङ नछुट्ने विषय हो । पूरानो अध्ययनले पनि पोखरा सेती किनारका केही भाग कमजोर रहेको प्रष्ट्याउँछ । त्यसपछि पोखराको विषयमा केही अध्ययन भएको छ । अब, पोखरा महानगर त्यसैको तयारीमा रहेको प्रमुखले सुनाए ।
‘फ्रेन्चहरुको भूगोलमा राम्रो रिसोर्स छ । उहाँहरुले पोखराको सिंगो एक्सरे गर्ने भन्नुभएको छ । अलिकति भूभागको हिसाबमा पोखरा अलि खतरा छ भन्ने छ रियल अवस्था के छ भन्ने विषयमा फ्रेन्च साथीहरुले रिसर्च गर्ने कुराकानी भएको छ,’उनले भने ।
पोखरा महानगरको अर्को विषय हो ताल संरक्षण । पर्यटनलाई लक्षित गर्दै महानगर योजना अघि सारेको छ । जून विवादबाट अछुतो छैनन् । यसैका विषयमा कनकमणिले प्रश्न गरे । यस्तै अर्को उज्यालो शहर बनाउनका लागि विवादित बनेको विषय हो आर्वाको डाँडामा राखिएको बत्ती । कनकमणिले यस विषयमा लेख नै लेखेका थिए ।
उनले प्रमुखलाई प्रश्न गरे – आर्वाको बत्ती किन हो ?
त्यस विषयमा दुई थरी प्रतिक्रिया आएको प्रमुखले जिकिर गरे । धाम निर्माणको योजना छ त्यस स्थानमा । एकथरी धाम निर्माण हुने स्थानलाई बत्तीले परिचय दिएको प्रतिक्रिया पाएको प्रमुखले सुनाए ।
‘समाचार देख्ने बित्तिकै मैले सम्बन्धित प्राविधिकलाई त्यो बत्ती १० बजेपछि निभ्ने बनाउनुहोस् । अरु बाँकी कुरा पछि गरौँला भनेँ । फेरि त्यही क्षेत्रका अन्य प्राविधिक साथीले अर्को टिम पठाएर त्यसलाई बल्ने बनाउनुभएछ । यस्तैका बिचमा छ त्यसमा हामी छलफलका क्रममा छौँ,’प्रमुखले भने ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।