पोखरा । पोखरालाई चिनाउने प्रमुख कारण हो फेवाताल । फेवाका कारण पोखरा पर्यटकीय नगरीका रुपमा स्थापित छ । फेवाकै कारण ताल वारिको क्षेत्र पर्यटकीय रुपमा परिचय बनायो – लेकसाइडको । फेवातालका किनारमा रहेका दुई स्थानको कथा फरक छ । तालपारि भने अझैपनि विकट क्षेत्रका रुपमा परिचित छ । आधारभूत सेवा लिनका लागि तालपारिका नागरिकलाई सकस छ ।
तालपारि सडकसञ्जाल सुविधा सहज छैन । दैनिकरुपमा वारपार गर्ने प्रमुख माध्य हो डुंगा । विद्यार्थी शिक्षाका लागि दैनिक जोखिमपूणर् यात्रा तय गरेर ताल वारि आइपुग्छन् । न लाइफ ज्याकेट न कोही प्रौढको साथमा । एक्लाएक्लै हरेकदिन विद्यार्थी डुंगाको सयर गरेर तालवारिको विद्यालय आइपुग्छन् ।
तालपारिका विद्यार्थीको प्रश्न छ – तालपारि हामी कहिलेसम्म आफ्नो ज्यान जोखिमा राखीराखी डुंगा वारपार गर्ने ? केही व्यवस्थापन गरिदिनु पर्यो ।
११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा चौथो दिन भएको ‘तालवारि-तालपारि’ सत्रमा १० कक्षामा अध्ययनरत छात्राको प्रश्न हो यो । सत्रमा वक्ताको रुपमा गणेशमान गुरुङ, अञ्चला चौधरी र ज्ञानबहादुर जलारी उपस्थित थिए भने सहजकर्ताको भूमिका रघुनाथ वाग्ले ।
स्थानीयको गुनासो छ तालपारि विकास भएन । तालपारिको जीवनशैली सकसपूणर् छ । सत्रमा अर्का स्थानियले गुनासो राखेका थिए – आपतै आपतको तालपारि ।
‘आपतै आपतको तालपारि । उज्यालो ताल वारि । मैले धेरै पढेको छैन । तर, मैले बुझेको लेकको अर्थ ताल साइडको अर्थ किनार के यही बैदाम मात्र किनार भया ? हामी अनदु लामडाँडा सिम्ले वरिपरिको गाउँहरु तिनीहरु पनि त जम्मै लेकसाइड हो नि,’उनले सुनाए ।
तालपारि सहज रुपमा सडक सञ्जाल नजोडिँदा पनि स्थानियले सास्ती छ । प्रदेश सरकार तालपारिलाई पर्यटकीयस्थलका रुपमा जोड्न योजना ल्याएको सुनाउँछ ।
‘यसलाई व्यवस्थित गर्न योजना बनिसकेको छ । तालको क्षेत्र सबै लेकसाइड हो । प्रदेश सरकारले राउन्ड फेवा योजना अघि सारको छ । सबै कुरा हो भिजन छ । सबै किनारमा प्रगति हुनुपर्छ,’सांसद गणेशमानले भने ।
राउन्ड फेवाको योजना पूरानो हो । तालपारि सडक सञ्जाल नजोडिएको होइन । तर, असहज रुपमा । आकस्मिक सेवाका लागि तालपारिका स्थानिय तालवारि आउनुपरे प्रयोग गर्ने दुईबाटो छन् । एक आधा घण्टा बढी फेरो पारेर छोरेपाटन यात्रा वा डुंगाको सयर । एम्बुलेन्सको सेवा पुग्नका लागि सडक जोडिएका छैनन् तालपारिका गाउँमा ।
सहजकर्ताको प्रश्न थियो यही विषयमा – ताल पारि कहिले एम्बुलेन्स पुग्छ ?
सांसद गणेमानले आफूहरुसँग विकासको लागि भिजन भएको सुनाए । सडकसञ्जाल जोडिनका लागि काम अघि बढेको बताउँछन् उनी ।
‘पानीभन्दा माथि पुल बनिसकेको छ । त्यहाँबाट बाटो यहाँ ल्याउने हो । कसरी लैजानुपर्छ विज्ञ राखेर लगिन्छ । हुन्छ । हिजो तालभन्दा माथि बाटो लैजानै हुन्न भन्ने थिए । लगेरै छोड्यौ त ? हामी सक्दैनौँ त ? ढुक्क हुनुहोस् हामी सक्छौँ आइ ह्याब प्लान मसँग भिजन छ,’उनले भने ।
तालवारिको बस्ती विकासका लागि विश्व बैंकसँग मिलेर प्रदेश सरकारले योजना ल्याउन लागेको नीति तथा योजना आयोगकी सदस्य अञ्चला चौधरीले सुनाइन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।