पोखरा । पहाडी क्षेत्रमा बाँदरको समस्या प्रमुख नै हो । बाँदरबाट कृषक यति आजित छन् यो विषय सदनमा पुगेको छ । सरकारले आफनो नीति तथा कार्यक्रममा बाँदरको विषय समेट्न छुटाउँदैन । पछिल्लो समय पहाडि क्षेत्रमा बाँदर र मानिसको द्वन्द्व बढ्दो छ । केही हप्ता अघि मात्र पोखरा महानगरपालिका वडा १७ मा बाँदरको समस्याका कारण वडाध्यक्षले रुख काट्ने आदेश जारी गरे ।

पछि, सो निणर्यको चौतर्फी आलोचना भएपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यले उनको निणर्यका विपक्षमा पत्र जारी गरेका थिए ।

बाँदरकोे समस्या समाधानमा स्थानीय तहलाई अधिकार र सहयोग गरे निष्कर्ष निस्किने भनाइ राख्छन् महेश्वर ढकाल । स्थानीय नीति निर्माणबाट यो समस्याको समाधान निस्किने उनको भनाइ छ ।

‘कास्कीको बाँदरको समस्या स्याङ्जासँग मिल्दैन । स्याङ्जाको समस्या तनहुँसँग मिल्दैन । त्यो टाइम अनुसार ठाउँ अनुसार कन्टेक्ष्ट अनुसार गर्नुपर्ने भएको हुनाले यो स्थानिय सरकारलाई हामीले अध्ययन अनुसन्धान गरेर उनीहरु त्यही स्थानीय नीति निर्माण गर्नमा सहयोग गर्यौ भने यो समस्या समाधान गर्न सक्छौँ । तर, अलिकति जोड चाहिँ गर्नुपर्ने हुन्छ,’ महेश्वरले भने ।

बाँदरको समस्या नेपालमा पेचिलो बन्दै गएकाले यस बारे अध्ययन हुनुपर्ने विचार राख्छन् उनी । ११ औँ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको सत्र ‘प्रकृतितर्फ फर्क !’ मा विचार राख्दै उनले योग्य हिसबाले अध्ययन हुनुपर्ने भनाइ राख्छन् ।

‘बाँदरको समस्या नेपालमा एकदमै पेचिलो भएर गएको छ यसमा यही नै उपाय हो भन्ने छैन यसमा एउटा बाँदरको समस्याको बारेमा अलिभरपर्दो अनुमान गर्न योग्य हिसाबले यसको अध्ययन अनुसन्धान हुनपर्यो । कहीँ घटना घट्यो अनि त्यसपछि यसको सोलुसन निकाल्ने होइन । सम्रगमा यसको अध्ययन गरेर कन्क्लुसन हुनपर्यो,’ महेश्वरले भने ।

पहाडमा बाँदर र तराईमा हात्ती मानवबिचको द्धन्द्ध सिर्जना बढ्दो छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम योजना ल्याएपनि यो समस्याबाट कृषक र स्थानिय आजित छन् । हात्तीबाट तराई क्षेत्रमा स्थानिय उस्तै आजित छन् । प्राकृतिक हिसाबले हात्ती र मानिसबीचको द्धन्द्ध समाधान गर्न सकिने उनको भनाइ थियो । तर, हात्ती ठुलो स्तनधारी प्राणी भएकाले उसलाई खान, बस्ने स्थान फराकिलो आवश्यक परेको विषयमा ध्यान दिनुपर्ने बताउँछन् उनी ।

बढ्दोे मानव र वन्यजन्तुबिचको द्धन्द्धमा मानिसको बढ्दो जनसंख्या एक कारण रहेको विचार उनी राख्छन् ।

‘काँनिर ब्यालेन्स बिग्रेको छ भने । मान्छेको जनसंख्या बढ्दै जादा हाम्रो बस्तीहरु विस्तार भए । बाटोघाटो धेरै बनायौ वनक्षेत्रको प्रयोग गर्यौ । त्यो गर्दा हात्ती बस्ने ठाउँमा मान्छे बस्न थाल्यौँ । हात्तीलाई खाने बस्ने पिउने अभाव भयौँ । र, मान्छे र हात्तीको बिचमा द्धन्द्ध सिर्जना हुँदेै गयो,’उनले भने ।

सत्रमा वन्यजन्तु र मानिसबिचको सम्बन्ध र योबाट सिर्जित समस्याको विषयमा बहस भएको थियो । सत्रमा वक्ताको रुपमा महेश्वर, राजेन्द्र सुवाल र सहजकर्ताको रुपमा ददि सापकोटा थिए ।