पाल्पा । रत्न श्रेष्ठ पुरस्कार गुठी, बागलुङले यस वर्ष साहित्यकार चाेलेश्वर शर्मा लगायतका स्रष्टा र साधकहरूलाई सम्मान गर्ने भएको छ । शर्माको पछिल्लो कृति ”सगरमाथा एक पहाडकाे नाम हाेइन” (२०७९) लाई ‘जगत्-चन्द्र स्मृति राष्ट्रिय पुरस्कार’द्वारा पुरस्कृत गर्ने निर्णय संस्थाले गरेको हाे ।

२०३४ सालमा स्थापित उक्त संस्थाले वाङ्मयका विभिन्न क्षेत्रमा साधना गरी याेगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ ।

साहित्यकार शर्माले नेपाली हास्यव्यङ्ग्य लेखनमा सुकिलाे पहिचान बनाउनुभएको छ । ”म त अप्रिलफुल भएँछु” (२०४२) उहाँको पहिलो प्रकाशित निबन्धसङ्ग्रह हाे ।

राष्ट्रिय तथा स्थानीय पत्रिकाहरूमा उहाँका दर्जनाैँ लेख निबन्धहरू प्रकाशित छन् । उहाँको पछिल्लो कृतिले यसै वर्ष दुईवटा राष्ट्रिय स्तरका पुरस्कारहरू पाइसकेकाे छ । पुरस्कृत सम्मानित हुनुभएकोमा गुरुलाई हार्दिक बधाई तथा शुभकामना ।