रौतहटको चपूरमा रामकृत चौधरी, मर्जिना खातुन र छविलाल घिमिरे सम्मानित गरिएको छ ।

नेपाल स्रष्टा समाज र साहित्य सञ्जाल रौतहटद्वारा संयुक्त रूपमा स्वतन्त्रता सेनानी स्व. पुण्यप्रसाद दाहालको स्मृतिमा आयोजित ‘बृहत् साहित्यिक गोष्ठी तथा सम्मान अर्पण कार्यक्रम’मा चौधरी, खातुन र घिमिरे सम्मानित भएका हुन् ।

शिक्षण पेसामा अतुलनीय सेवा गरेबापत रामकृत चौधरीलाई सम्मान गरिएको हो भने एकल महिला भएर पनि परम्परागत समाजमा गरेको उदारणीय सङ्घर्षका लागि मर्जिना खातुन सम्मानित भएकी हुन् । त्यस्तै, राजनीति र सामाजिक सेवामा काम गरेर समाजमा उदाहरण प्रस्तुत गरेबापत छविलाल घिमिरेलाई मरणोप्रान्त सम्मान गरिएको हो ।

उक्त कविगोष्ठी तथा सम्मान कार्यक्रममा काठमाडौँका १६ तथा नेपालका अन्य ठाउँकाका २५ बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई चन्द्रपुर नगरपालिका, वडा नम्बर ५ को प्रायोजन गरेको हो ।