साहित्यपोस्ट

अन्तर्रष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिको संयोजकमा उर्मिला निर्दोषी मनोनित भएकी छिन् | समाजका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले सर्बसम्मत रूपमा निर्दाेषीलाई चयन गरेको हो |

नौ वर्ष नेपालमा वकिलको भूमिकामा नेपाली महिला तथा दिदीबहिनीहरूको सेवा गरी उन्नाइस वर्षअघि निर्दोषी अमेरिका गएकी थिइन् | उनी अमेरिकामा पनि नेपाली समुदायका विभिन्न संघसंस्थामा रहेर नेपाली दिदीबहिनीलाई मद्दत पुर्याउँदै आएकी छिन् |

अनेसास मिजौरी च्याप्टरको अध्यक्षसमेत रहेकी निर्दोषीको दुई कृति प्रकाशोन्मुख रहेका छन् |

दुई वर्षे कार्यकाल रहने सो समितिले अन्तर्रष्ट्रिय महिला सम्मेलन र महिला साहित्यकारलाई समेटेर कृति प्रकाशन गर्ने गर्दछ | समितिले आगामी वर्ष चौथो सम्मेलन गर्नेछ ।

समितिमा निर्दाेषीभन्दा अघि गीता खत्री र भारती गौतमले नेतृत्त्व समालिसकेका छन् ।