समथिङ फाउण्डेसनले चार  जना स्रष्टालाई सम्मानसहित पुरस्कृत गरेको छ । फाउण्डेसनले  साहित्यकारद्वय मोहन दुवाल र प्राध्यापक गोविन्दराज भट्टराईलाई समथिङ साहित्य पुरस्कार तथा स्रष्टाद्वय मिना राई र शान्ता गौतमलाई समथिङ स्रष्टा सम्मानले पुरस्कृत गरेको हो ।

फाउण्डेसनद्वारा आयोजित समारोहका प्रमूख अतिथि लेखक तथा पूर्व गृह राज्यमन्त्री दिपकप्रकाश बाँस्कोटाले डाक्टर भट्टराई र दुवाललाई नगद ५५ हजार ५ सय ५५ पुरस्कार राशिको समथिङ साहित्य पुरस्कारसँगै राई र गौतमलाई ५ हजार ५ सय ५५ रुपैंया पुरस्कार राशिकाे सहित्य समथिङ साहित्य सम्मान अर्पण गरेका हुन् ।

फाउण्डेसनले प्रत्येक २–२ वर्षमा समथिङ स्रष्टा सम्मान र समथिङ साहित्य पुरस्कार मार्फत सम्मान गर्दै आएको छ । २०७८ सालमा भने कोरोना महामारीको सम्भावित जोखिमका कारण पुरस्कार वितरण गरिएको थिएन । यसअघि ०७८ र २०८० सालको पुरस्कार र सम्मान एकैसाथ अर्पण गरिएको फाउण्डेसनले जनाएकाे छ ।

पाँचथरमा रहेर साहित्य साधनामा तल्लिन समथिङका जिवित छँदा ५५ र मरणोप्रान्तर २ कृति प्रकाशित छन् । समथिङको २०७९ भदौ ३० गते ५५ वर्षको उमेरमा निधन भएको थियो । समथिङ फाउण्डेसन भने उनी जीवित छँदै स्थापना गरिएको संस्था हो ।

सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा रचना वाचन समेत गरिएको थियो ।