रामेश मगर ‘सार्थक’, काठमाडौँ । ‘राष्ट्रिय हाइकु महोत्सव – २०८०’ सम्पन्न भएकाे छ । नेपालका सम्पूर्ण हाइकु कविहरूको साझा सङ्गठन ‘नेपाल हाइकु सङ्घ’, केन्द्रीय समितिले महोत्सव तथा हाइकु सम्मानको आयोजना गरेक‍ो हो ।

महोत्सवका प्रमुख अतिथि, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गर्दै निबन्धकार शङ्कर लामिछानेद्वारा रचित हाइकु “माकुरा जाल/झोलिएको ओसले/ तन्किँदै गयो” वाचन गरेर ‘राष्ट्रिय हाइकु महोत्सव – २०८०’ को उदघाटन गर्नुभएको थियो ।

उक्त अवसरमा नेपाली हाइकु कवितामा विशेष योगदान पुर्याउनु हुने १५ जना वरिष्ठ हाइकुकारहरू भीम उदास, तीर्थराज पन्त, मोहन दुवाल, मोहनबहादुर कायस्थ, विष्णुबहादुर सिंह, धर्मेन्द्र विह्वल, डा. बमबहादुर थापा ‘जिताली’, डा. सुकुम शर्मा, डा. उषा श्रेष्ठ, रत्नप्रसाद अनामणि श्रेष्ठ, जीवन सुवेदी, सुरेन्द्र महर्जन ‘अमर’, दिल पौडेल, रेणुका भट्टराई तथा मनोज न्यौपाने ‘हाइकु सम्मान २०८०’द्वारा सम्मानित हुनुभएको थियो ।

कार्यक्रममा कुलपति राईले नेपाली मौलिकतासहित हाइकु कवितालाई बचाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाइकु कविताबारे प्राज्ञिक बहस र विमर्श गर्दै लघुकविताको भिन्नतालाई पनि एकिन गर्नु अनिवार्य छ । यसबारेमा प्रज्ञा-प्रतिष्ठानले पनि विमर्श गर्ने छ ।’

यसैक्रममा राष्ट्रिय हाइकु महोत्सवका विशेष अतिथि, सम्मानित हाइकुकार एवम् नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरी, अतिथि वक्ताहरू प्रा.डा. लेखप्रसाद निरौला, डा.यज्ञेश्वर निरौला, डा. विनोद मन्जन, डा. हरिप्रसाद सिलवाल, कवि सिर्जना सरोवरले हाइकु कविताको सैद्धान्तिक र सिर्जनात्मक पक्षमा आआफ्नो दृष्टिकोण राख्नुभएको थियो ।

महोत्सवमा ५ वटा मात्रै हाइकु वाचन गर्न नेपाल हाइकु सङ्घले भनेको थियो । यसैअनुसार हाइकुकारहरू भीम उदास, तीर्थराज वन्त, मोहन दुवाल, धीरेन्द्र प्रेमर्षि, दिल पौडेल, मनोज न्यौपाने, विष्णुबहादुर सिंह, मोहनबहादुर कायस्थ, जीवन सुवेदी, रेणुका भट्टराईलगायतले हाइकु वाचन गर्नुभएको थियो । महोत्सवका विशेष अतिथि तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. कौशिला रिसालले हाइकु वाचन गर्नुभएको थियो ।

यसैगरी, हाइकुकार पुष्कर लोहनी, गोपालप्रसाद थपलिया, दिव्य गिरी, टेकबहादुर लौडारी, अरूणबहादुर खत्री नदी, होमशङ्कर बास्तोला, भुवन शिवाकोटी ‘चौघरे’, सानु शर्मा, राजेन्द्रकुमार बज्राचार्य, उर्मिला डङ्गोल, अन्जना पौडेल, मङ्गला कङ्साकार तुलाधर, नरेन्द्रबहादुर श्रेष्ठ, गोधूलि दिनेश, कृष्ण बाउसे, सुवास जमरकट्टेल, रामेश्वर जलन, प्रीति आत्रेय, गङ्गा भेटवाल, चन्द्रकला शाह, सुरेश प्रधान, तुपु पुं, एन.बी जनकपुरी र कुन्दन पन्तलगायतले हाइकु वाचन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल हाइकु सङ्घका केन्द्रीय सदस्य कृष्णभक्त बोडेले स्वागत मन्तव्य राख्नुभएकाे कार्यक्रमकाे सञ्चालन साहित्यकार तथा सञ्चारकर्मी राजन न्यौपानेले गर्नुभएको थियो ।