स्याङ्जा । पण्डित आनन्दमणि, टुल्की-नन्दकला स्मृति प्रतिष्ठानकाे आयोजना तथा आनन्दआश्रम ज्ञान केन्द्रकाे व्यवस्थापनमा बृहत् साहित्य सम्मेलन सम्पन्न भएको छ । गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएकाे हाे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वका रूपमा प्रा. डा. जगदीशचन्द्र भण्डारी हुनुहुन्थ्यो । डा. पुष्करराज भट्ट, श्रीओम राेदन, प्राडा. कपिलदेव लामिछाने, डा. रमेश शुभेच्छुलगायतका आमन्त्रित व्यक्तित्वहरू रहेकाे कार्यक्रममा काठमाडौँ, रुपन्देही, पाल्पा, पाेखरालगायतका विभिन्न स्थानबाट उपस्थित साहित्यकारहरूकाे बाक्लो उपस्थिति रहेको थियोे ।

कार्यक्रममा सर्वप्रथम राष्ट्रगान प्रस्तुत गरिएको थियोे । त्यसलगत्तै सहिदहरूप्रति सम्मानस्वरूप १ मिनेट माैनधारण गरिएको थियोे । प्रमुख अतिथिद्वारा ब्यानर वाचन गरी कार्यक्रमकाे उद्घाटन गरिएको हाे । साेही अवसरमा त्रिलाेचन ढकालद्वारा लिखित पेच शीर्षकको लघुकथासङ्ग्र लाेकार्पण गरिएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा. गणेशमान गुरुङले कार्यक्रमकाे भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । आनन्दमणिकाे शैक्षिक याेगदानलाई उहाँले स्मरण गर्नुभयो । सामाजिक तथा सांस्कृतिक विकासका काम गरेर सामाजिक सुधारको अभियान थाल्नुमा संस्थाकाे अनुकरणीय काम रहेको विचार व्यक्त गर्नुभयो । आनन्द आश्रमले साहित्य तथा वाङ्मयका क्षेत्रमा गरेको याेगदानलाई मुक्तकण्ठले प्रशंसा गर्नुभयो । शब्दमा मात्र समाजवाद आएको यथार्थलाई उहाँले सङ्केत गर्नुभयो ।

संस्थाका परिकल्पनाकार तथा संरक्षक त्रिलाेचन ढकालले संस्थाकाे अवधारणालाई प्रस्तुत गर्नुभयो । आनन्दमणिले शैक्षिक क्षेत्रमा गरेको याेगदानलाई सम्मान गर्न संस्थाकाे स्थापना गरिएको धारणा राख्नुभयाे । उहाँले आनन्दमणिकाे व्यक्तित्व र कर्मलाई प्रकाश पार्नुभयाे । आनन्दमणि आध्यात्मिक सुधारक रहेको कुरा दृष्टान्तसहित उहाँले प्रकाश पार्नुभयाे । सामाजिक विभेद र राष्ट्रिय हितका पृष्ठभूमिमा संस्थाकाे उद्देश्य रहेको मर्म प्रस्तुत गर्नुभयो ।

जनप्रतिनिधि जीतेन्द्रप्रकाश मल्लले यसप्रकारकाे कार्यक्रमले अवश्य पनि सन्देश दिनेछ भनी शुभकामना व्यक्त गर्नुभयो । घरघरमा सिर्जनाकार नारा लिएर अगाडि बढेको धारणा उहाँले व्यक्त गर्नुभयो ।आनन्द आश्रम ज्ञान केन्द्रका उपाध्यक्ष दीप्तिनारायण शर्माले संस्थाका गतिविधि र उद्देश्यमाथि प्रकाश पार्नुभएकाे थियोे ।

कार्यक्रमकाे सञ्चालन डा. सुस्मिता ढकालले गर्नुभएको थियो । उपाध्यक्ष प्रेमप्रसाद लुइँटेलकाे अध्यक्षतामा कार्यक्रम चलेको थियो ।

कार्यक्रमकाे दाेस्राे सत्रमा काव्यगाेष्ठीकाे आयाेजना गरिएको थियोे । साे सत्रकाे अध्यक्षता कवि शुभ शर्माले गर्नुभएको थियो । दाेस्राे सत्रकाे प्रमुख अतिथिका रूपमा महाकाव्यकार मुकुन्द शर्मा हुनुहुन्थ्यो । कविता लेखनसम्बन्धी कार्यपत्र प्रस्ताेताका रूपमा डा. रमेश शुभेच्छु हुनुहुन्थ्यो ।

रचना वाचनका क्रममा चितवनका स्रष्टा पाेषराज पाैडेलकाे मुक्तकका साथमा पहिलो प्रस्तुति रह्यो । फापरथुम साहित्यिक घाेषणापत्र जारी गर्न उहाँले सुझाव दिनुभयो । अनिल श्रेष्ठ तनहुँले ढाेँगकाे लय शीर्षककाे गद्यकविता वाचन गर्नुभयो ।

सुनिता बुढाथोकी सिन्धुलीले छाेरीलाई चिठी शीर्षकको कविता, शेखर अर्याल गुल्मीले खै के नापियाे, छवि सुवेदी विजयी पर्वतले साट्नुपर्छ, सूर्यप्रसाद डुम्रे स्याङ्जाले मित्रलाई पत्र, शाेभाकान्त गाैडेल स्याङ्जाले सम्झना, एन्जल निनु मिना शाहले ओ चान्छल हमर, विश्व पाैडेलले स्याङ्जाका स्थानीय प्रकृतिको चित्रण, माेहन भुजेल तनहुँले ऊ र म, डा. टंक पन्थ गुल्मीले देखिन्न नेपालमा, छायादत्त न्याैपाने पर्वतले साइनो कविता, नारायणप्रसाद सिग्देल तनहुँले मुक्तक, भाेला चालिसे काठमाडौँले कविताको काेष विभाजन, आवेस मिश्र काठमाडौँले गजल, विवेक ढकाल झापाले अचानाे, नारायण नेपाल सुनसरीले अङ्ग्रेजी कविता र मुक्तक, गणेश गैरे काठमाडौँले मुक्तकहरू, धातानन्द गैरे साइनोहरू, हरिप्रसाद भट्टराई पाल्पाले उनकै गीत गाउनू तिमी, रामकुमार पण्डित काठमाडौले मुक्तक, हिमालयजङ्ग बानियाँले आँधी खाेला लाल कार्की अन्जान, गजल वाचन गर्नुभयो ।

बैतडीका स्रष्टा कर्ण दयाल साेराडीले उडी जाने माैरीलाई शीर्षक, हेमा सुवेदी काठमाडौँले मेराे लाहुरे, रामप्रसाद अर्यालले हाइकुहरू प्रस्तुत गर्नुभयो । रमेश सुवेदीले तपस्वीकाे ध्यान, दिव्य गिरीले मुक्तक, नेत्रप्रसाद न्याैपाने ताप्लेजुङले गजल, माधवलाल श्रेष्ठ काभ्रेले सुसेलीहरू, इन्दिरा देवकोटा कपिलवस्तुले छिमेकी, सत्या अधिकारी लमजुङ गीत, रचना शर्माले मुक्तक, मधुसूदन प्रसाद घिमिरेले आध्यात्मिक बाेधकाे कविता, रामबहादुर श्रेष्ठ भैरहवाले यस्तो पाे जिन्दगी, अनन्त अर्याल स्याङ्जाले युगपुरुषकाे खाेजीमा, भरत बस्नेतले सेताे हात्ती, मिलन समीरले गजल, शिव खनाल रुपन्देहीले झर कविता वाचन गर्नुभयो । मसान उपासक मकवानपुर गजल, प्रार्थना खनाल काठमाडौँले कविता भावरञ्जन बराल मैले देखेको सपना बाल कविता प्रस्तुत गर्नुभयो ।

चिन्तु गिरी उड्न थाले माैरी देशको वर्तमान अवस्थाकाे प्रस्तुति, सरु ज्ञवाली गुल्मीले गजल, सीता ढुङ्गाना भैरहवाले मुक्तक, तिलक लामिछाने भैरहवाले नेता लिलामी गराैँ, कृष्णप्रसाद भट्टराईले सत्कर्म, राधा भट्टराई भैरहवाले भजन शैलीको कविता, पुरणचन्द्र न्याैपानेले गजल, संयाेग डुम्रेले कसरी बन्छ त देश ? भीम रानाभाट टुक्रा कविता, ध्रुवराज प्रधानले शीर्षक हराएको कविता, कात्यायन काठमाडौँ सूत्रकविता, परशुराम परासर झापाले के पाे बिराएँ भन, शीतल गिरी राैतहटले स्मृति विस्मृति, प्रकाश घिमिरे दाङले राष्ट्रकाे पीडा, सिर्जना खनाल भैरहवाले चसक्क दुख्छ, शेषमणि खनालले इन्क्लाब शीर्षकको रम्बास कविता वाचन, यज्ञलाल सुवेदी बुटवलले कविता सीता सुवेदी पन्थी गुल्मीले नव रङ्ग भर्छु, शान्ति सापकोटाले राष्ट्रवादी चेतना, इन्दिरा शर्माले मेरो देश नेपाल, रुद्र ज्ञवाली भैरहवाले मुक्तक, कमल सुवेदीले जनता, सुरज उपाध्यायले खरानीकाे व्यापार, खगेन्द्र बस्याल बाछिटा, सुवास रिजालले तिम्रो जिन्दगी र मेरो जिन्दगी, तेजप्रसाद पन्थ मधुमास, लाेकबहादुर थापा मगर मगर भाषामा मुक्तक, भवानी खतिवडा किन ? मित्रलाल पङ्ग्यानी यहाँ उल्टो छ नर्मदा, खाेलाघरे साइलाे इलामले खिचडी अब शीर्षककाे कविता वाचन गर्नुभयो ।

कार्यक्रममा मुक्तक, गद्यकविता, पद्यकविता, गजल, साइनो , हाइकु लगायतका रचनाहरू प्रस्तुत भए । केही कवितामा विद्रोही चेतना प्रस्तुत भएको पाइयो । विद्यमान सामाजिक विकृतिको स्वर कवितामा सघन रूपमा आएको पाइयो । समसामयिक अवस्थाप्रतिकाे विमति र विद्रोहका स्वर, मानवीय अस्तित्वकाेध र मर्म व्यक्त भएको थियोे । बिम्ब प्रतीक र अलङ्कारकाे संयाेजन पाइयो रचनाहरूमा । राष्ट्रप्रेमकाे रुझान व्यक्त भएको थियोे कवितामा । शृङ्गारिक तथा प्रेमिल भावका रचना प्रस्तुत भए । स्थानीयता र आञ्चलिकताकाे प्रवृत्ति पनि प्रस्तुत भएको पाइयो केही कवितामा । संघीयताले थाेपरेकाे समस्या, समानता चेत, विद्रोही चेतनाका साथमा सुधारकाे चेतना व्यक्त भएको पाइयो ।

डा. रमेश शुभेच्छुले कविता लेखनसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नुभयो । उहाँले कविताका रूपगत स्वरूपकाे सन्दर्भ उठान गर्नुभयो । निश्चित आयाममा बाँधिएको हुनुपर्छ । कविता मन्त्रकाे भाषा हाे, थाेरैमा धेरै कुरा व्यक्त गर्नुपर्छ । पूर्वप्रसङ्गका आधारहरूबाट कवितालाई कसिलो बनाउँछ ।

प्रमुख अतिथि मुकुन्द शर्माले कार्यक्रममा यथार्थवादी र आदर्शवादी कविताहरू नै आएको कुरा उल्लेख गरी प्रतिभा, पढाइ र परिश्रमले नै कविता सफल बन्ने धारणा व्यक्त गर्नुभयो ।

अध्यक्ष शुभ शर्माले धन्यवादसहित कार्यक्रमकाे समापन गर्नुभयो । ओम शर्माले उपस्थित सम्पूर्ण व्यक्तिहरूलाई स्वागत गर्नुभएको थियो ।