देवकोटा लुसुन प्रज्ञा-प्रतिष्ठानले वि.सं. २०८० को ‘देवकोटा लुसुन प्रज्ञा पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा. चुडामणि बन्धुलाई समर्पण गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुनिलकुमार पौडेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिष्ठानले यसअघि नै कार्यसमितिका उपाध्यक्ष मातृका पोखरेलको संयोजकत्वमा महासचिव सीता शर्मा र कोषाध्यक्ष बाबा बस्नेत सदस्य रहनुभएको एक पुरस्कार छनौट समिति गठन गरेको थियो । पुरस्कार छनौट समितिको सिफारिस बमोजिम प्रतिष्ठानको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त पुरस्कार २०८० साल फागुन ७ गते काठमाण्डौँ, अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजना गरिने कार्यक्रममा ५० पचास हजार नगद राशि र प्रमाणपत्रसहित समर्पण गरिने जानकारी प्रतिष्ठानले जनाएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला