
‘सिम्पल सम्मान’का लागि पाँच प्रतिभा छानिएका छन् । सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य, सङ्गीत, कला र सामाजिक क्षेत्रका पाँच जना प्रतिभालाई गर्ने सिम्पल सम्मानकाे छब्बीसौँ सम्मानका लागि प्रतिभा चयन गरेको हो ।
संस्थाको बैठकले साहित्यकार मधुसूदनप्रसाद घिमिरे, कलाकार सरिता लामिछाने, निर्माता तथा वितरक सरोज शर्मा, गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई ‘सिम्पल सम्मान २०८०’ प्रदान गर्ने निणर्य गरेको छ ।
साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ ।
सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिने छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
