साहित्यपोस्ट
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले अनेसास राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार स्थापनाको घोषणा गरेको छ । स्व.राष्ट्रकवि घिमिरेको स्मृतिमा उक्त पुरस्कारको घोषणा गरिएको हो ।
यो पुरस्कारको राशी नेपाली दुई लाख रहनेछ । पुरस्कार महाकवि देवकोटाको जन्मजयन्तीका अवसरमा गरिने कार्यक्रममा वितरण गरिने गरिने जनाइएकाे छ ।
अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष गीता खत्रीको अध्यक्षतामा अगस्ट १९ मा अमेरिकामा भएको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकहरुमध्ये उत्कृष्ट पुस्तकका लागि पुरस्कार प्रदान गर्नेगरी यो पुरस्कारको स्थापना गर्ने निर्णय गरिएको हो ।
यस पुरस्कारसम्बन्धी विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारी दिएको छ । अनेसास पुरस्कार समिति, अध्यक्षको जिम्मेवारीमा प्रा.डा. गोपी उप्रेती रहेका छन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार पहिलोपटक सन् २०२१ को महाकवि देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।