नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रूपमा सञ्चालन गरिने “सुप्रभात काव्य गोष्ठी” इजी वे सहकारी संस्थाको अद्वैतमार्गस्थित सभाहलमा सम्पन्न भएको छ ।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा नेपाली केन्द्रीय विभाग किर्तिपुरका प्रा.डा. नारायणप्रसाद गड्तौलाकाे प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सिडियो तथा साहित्यकार अमर दीप सुनुवारको विशेष आतिथिका रूपमा समालोचकीय भूमिकामा रहेका थिए ।
उक्त कार्यक्रममा गङ्गाप्रसाद भेटुवालद्वारा झापाली, गंगा खतिवडा, प्रकाश कोइराला, नविन ‘पल्ल्लव’, सुशान्त न्यौपाने, शिवहरि पाण्डे, बलराम विष्ट, जयराम बिडारी, रुबि सत्याल, प्राज्ञ चेतनाथ धमला,माधव घिमिरे ‘अटल’, नागार्जुन साहित्यिक प्रतिष्ठानका निवर्तमान अध्यक्ष प्रकाश सिलवाललगायतद्वारा कविता वाचन गरिएको थियो ।
सो कार्यक्रममा दिवङ्गत् हेम पौडेल, बिके पाल्पाली र यादव थपलिया लगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रिय तिमीले त्याग्नुपर्छ कविता वाचन गरिएको थियो । साथै, कवि तथा संचारकर्मी रेणुका भट्टराईद्वारा पत्रकार बि. के. पाल्पालीका ३ हाइकु वाचन गर्दै ‘म पनि मान्छे हुँ’ कविता सुनाइएको थियो ।
यसैक्रममा विशेष अतिथि ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरका साहयक सिडियो तथा कवि अमर दीप सुनुवारद्वारा ‘सहिदगेटसँगका यक्षप्रश्न’ कविता वाचन गरिनुका साथै कार्यक्रमका सञ्चालकको भूमिका समेत निभाएका युवराज नास्तिकद्वारा ’ठूटो चुरोट’ कविता वाचन गरिएको थियो ।
यसैक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलद्वारा संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै ‘सिडियोको सेतो घोडा नामक व्यङ्ग्य कविता वाचन गरिएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।