काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा बालसाहित्य पुरस्कार’ स्थापना गरेको छ । १ लाख नगद राशि रहेकाे सो पुरस्कार स्थापना गरिएकाे हाे ।

प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा सञ्चालित प्रथम बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी विद्यालयस्तरीय स्थलगत कथालेखन प्रतियोगिताको समापन समारोहमा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सो जानकारी दिएका छन् ।

प्रतिष्ठान र समाज बिच सहकार्य भै नियमित रूपमा विशिष्ट कार्यक्रमहरू भैरहेको अवस्थामा प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार”को स्थापना गरेको घोषणा हुनुलाई बालसाहित्यमा लामो समयबाट कलम चलाउँदै आएका प्रमोद प्रधानले सुखद् र महत्त्वपूर्ण रहेको बताएका छन् ।

बालसाहित्यकारलाई दिने भनी तोकिएको यो सरकारी स्तरबाट दिइने पहिलो पुरस्कार हो ।