![](https://sahityapost.com/wp-content/uploads/2021/10/j.jpg)
दाङ । साहित्यकार तथा पत्रकार टीका बस्नेतको मार्क्सवाद र उत्तर आधुनिकतावाद पुस्तकको एक समारोहका बीच लोकार्पण गरिएको छ । घोराहीमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. यादवप्रकाश लामिछाने र बाम विश्लेषक रोशन जनकपुरीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
बिएन पुस्तक संसारका कार्यकारी निर्देशक सूर्य बिसीको अध्यक्षता तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. लामिछानेको प्रमुख आतिथ्यता तथा बाम विश्लेषक रोशनको विशिष्ट आतिथ्यतामा पुस्तकको लोकार्पण गरिएको हो ।
पुस्तकको लोकार्पण गर्दै उपकुलपति प्रा. डा. लामिछानेले लेखनमा समाज झल्किनुपर्ने बताउनुभयो । मुलुकको परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरु परिवर्तनलाई संस्थागत गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । मार्क्सवाद विश्वको उत्कृष्ट विचार धारा भएको भन्दै प्रा.डा.लामिछानेले यसैको आलोकमा विश्वमा थुप्रै परिवर्तन भएको बताउनुभयो ।
युवा पुस्तामा पठन संस्कृति हराउँदै गएको सन्दर्भ केलाउँदै लामिछानेले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकले युवा पुस्तामा पठन संस्कृति विकास गराउनेमा विश्वास लिएको बताउनुभयो । ‘युवा पुस्तामा पठन संस्कृति हराइरहेको सन्दर्भमा टीका जीले माक्र्सवादलाई सरल ढंगले बुझाउने गरी पुस्तक प्रकाशन गर्नुभएको छ । जो अत्यन्तै सह्राहनीय पक्ष हो’, प्रा.डा. लामिछानेले भन्नुभयो, ‘लेखनीमा खडेरी उत्पन्न भइरहेको समयमा समालोचना विधामा टीका जीको प्रवेशले आशा दिलाएको छ । लेखनीमा निरन्तरता दिन म आग्रह गर्दछु ।’
कार्यक्रममा बोल्दै बाम विश्लेषक जनकपुरीले माक्र्सवाद र उत्तरआधुनिकतावाद विपरित ध्रुवीय सिद्धान्त भएको बताउँदै पुस्तकले सजिलै भ्रमहरु चिर्नेमा विश्वास गर्नुभयो । उत्तरआधुनिकतापादी र उत्तरमाक्र्सवादीहरुले माक्र्सवादलाई कमजोर बनाउने अभिव्यक्ति दिने गरेकोतर्फ लक्षित हुँदै जनकपुरीले यसका विरुद्धमा मार्क्सवादीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
पुस्तकको समीक्षा गर्दै राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले समालोचना विधाको विकासमा बस्नेतको कृतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो । समालोचनामा विधा चुनौतिको विधा भएको भन्दै उहाँले मार्क्सवाद र उत्तरआधुनिकतावाद पुस्तकका लेखक बस्नेतले समालोचकीय धर्म निर्वाह गरेको बताउनुभयो ।
उक्त अवसरमा दर्शनका अध्यता प्रमोद घितालले दर्शन र मार्क्सवाद बुझ्न चाहने पाठकका लागि उपयुक्त कृति माक्र्सवाद र उत्तरआधुनिकतावाद भएको बताउनुभयो । कवि घनश्याम अस्तित्वले सहजीकरण गर्नुभएको कार्यक्रममा लेखक बस्नेतले लेखकीय मन्तव्य व्यक्त गर्नुभएको थियो ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)