मुक्तक मञ्च मकवानपुरले साहित्यकारहरू दीपक समीप, हरिकृष्ण काफ्ले र बिर्खे अञ्जानलाई सम्मान गर्ने भएकाे छ । मञ्चले आफ्नो दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशनको अवसर पारेर सम्मान राशिसहित समीप, काफ्ले र अञ्जानलाई सम्मान गर्न लागेकाे हाे ।
मञ्चका अनुसार दीपक समीपलाई ७ हजार ७ सय ७७ रुपैयाँको ‘बहादुरानन्द स्मृति मुक्तक सम्मान-२०८०’, हरिकृष्ण काफ्लेलाई ७ हजार ५ सय रुपैयाँ राशिको ‘तारा स्मृति सम्मान २०८०’ तथा साहित्यकार बिर्खे अञ्जानलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशिको ‘इन्दिरादेवी स्मृति सम्मान २०८०’ बाट सम्मानित गर्ने भएको हो ।
मुक्तक मञ्च मकवानपुरको दोस्रो वार्षिक उत्सव तथा पहिलो अधिवेशनको अवसर पारेर सम्मानहरू अर्पण गरिने कुरा मञ्चका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२९ कार्तिक २०८२, शनिबार 










